रेनोल्टको ‘वाउ अफर’ सार्वजनिक, क्विड र डस्टर न्यूनतम मासिक किस्तामा प्राप्त

  २०७३ फागुन ३० गते १७:१०     विकासन्युज

काठमाडौं । रेनोल्टको नेपालका लागि आधिकारिक बितरक एडभान्स अटो मोबाइल्स प्रा लि (विशाल समूहको सहायक) ले रेनोल्ट ‘वाउ अफर’ सार्वजनिक गरेको छ । कम्पनीले क्विड तथा डस्टरका लागि नयाँ अफर ल्याएको हो । कम्पनीले ल्याएको नयाँ अफर ‘मेक योर न्यू इयर अ रेनोल्ट वाउ ईयर, नउ ड्राइभ दि क्विड अर डस्टर एट लोएस्ट ईएमआई एभर’ नारा सहित आएको छ ।

कम्पनीका अनुसार यहि साता देखि नयाँ वर्षलाई लक्षित गरेर यो नयाँ योजना सार्वजनिक गरिएको हो । यो योजनाले संभावित ग्राहकहरुका लागि सजिलो मासिक किस्ताबन्दीको विशेषताहरुको बारेमा जानकारी दिन्छ । ग्राहकहरुले आविश्कारिक तथा रोमाञ्चक क्विड तथा डस्टर न्यूनतम मासिक किस्तामा क्रमश २८ हजार २०० सय र १३ हजार ३५७ रुपैयाँ तिरेर प्राप्त गर्न सक्दछन् । यसको लागि ८.९९ प्रतिशत वार्षिक ब्याज दरमा सजिलो फाइनान्स रहेको कम्पनीले जनाएको छ ।

यसका साथै, यो योजनामा २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक कर, सजिलो एक्सचेन्ज सुविधा तथा अतिरिक्त नगद छुटको व्यवस्था रहेको छ । अर्को महत्वपूर्ण आकर्षण भनेको रेनोल्टका गाडिहरु पाँच वर्षको वारेन्टीका साथमा आउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.