ग्यासको मूल्य प्रतिसिन्डर २५ रुपैयाँ बढ्यो, अब एउटा ग्यास किन्न १३७५ लाग्ने

  २०७३ फागुन २८ गते ८:०४     विकासन्युज

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने एपी ग्यासको मूल्य बृद्धि गरेको छ ।

निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी हाल कायम मूल्यमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाउने निर्णय गरेको छ ।

सँगै ग्याुको प्रतिसिलिण्डर नयाँ मूल्य १३ सय ७५ रुपैयाँ पुगेको छ ।

खाना पकाउने ग्यासमा निरन्तर घाटा व्यहोर्नुपरेको भन्दै निगमले मूल्य बढाउने निर्णय गरेको उल्लेख छ ।

यस अघि इन्डियन आयल कर्पोरेशनले मार्च १ मा निगमलाई बढेको मूल्यसूची दिएको थियो । निगमले अहिले प्रतिसिलिन्डर ३१३ रुपैयाँ ५१ पैसा ग्यासमा घाटा खाएको छ । अरुको तेलको मूल्य भने बढेको छैन ।

तेलको मूल्या नबढेनपछि मधेश आन्दोलन र त्रासका कारण पेट्लोको अभाव भने देखिएको छ । उपभोक्ता त्रासमा नै लाइन बस्न जाने र इन्धन जोहो गर्ने ध्यानमा लागेकोले पनि अभाव देखिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.