मेगा बैंकलाई संस्थापकले पनि पत्याएनन्, हकप्रद सेयर नबिकेपछि ३ लाख ८६ हजार कित्ता लिलाम बिक्रीमा

  २०७३ फागुन २७ गते ९:४६     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ३ लाख ८६ हजार ८८२ कित्ता सेयर लिलाम बिक्रीमा राखेको छ । बैंकले गत साउन र भदौमा जारी गरेको हकप्रद सेयर निश्काशन गर्दा आवेदन नपरेको बाँकी सेयर लिलामीमा राखेको हो ।

मेगा बैंकको सबै संस्थापकले हकप्रद सेयरको लागि आवेदन गरेनन् । बैंकका अनुसार संस्थापक समूहको १ लाख ६८ हजार ९९२ कित्ता लिलाम बिक्रीमा राखिएको छ । संस्थाकले नै हकप्रद सेयरमा लगानी नगर्नुलाई संस्थाप्रतिको अविश्वासको रुपमा लिइन्छ । बैंकको नाफा कम भएको, प्रतिफल कम भएको तथा बैंकका संस्थापक बीच एकले अर्कोलाई निषेध गर्ने अस्वस्थ्य क्रियाकला भएको भन्दै केही संस्थापकहरु निकै निरास देखिएका भेटिएका छन् ।

त्यस्तै सर्बसाधारण समूहको २ लाख १७ हजार ८९० कित्ता सेयर लिलाममा राखिएको छ । सर्बसाधारणतर्फ लगानीकर्ताकाे संख्या धेरै हुने र प्रयाप्त सूचना प्रवाह नहुने भएकाेले अावेदन कम पर्ने गरेकाे पाइन्छ ।

न्यूनतम १०० रुपैयाँ तोकेर बढाबढ मूल्यमा लिलामीमा राखिएको सेयर न्यूनतम १०० कित्ता र बढीमा एक लाख कित्ताको लागि आवेदन गर्न सकिने बैंकले जनाएको छ । यस सेयरको लागि चैत १३ देखि २० गतेसम्म आवेदन गर्न सकिने छ भने २१ गते सेयर बाँडफाँड हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.