एचएच बजाजको नयाँ शोरुम पाल्पाको रामपुरमा सञ्चालनमा

  २०७३ फागुन २६ गते १८:२९     विकासन्युज

पाल्पा । नेपालको एक अटो मोबाइल ब्राण्ड एचएच बजाजले आफ्नोे नयाँ शोरुम मनकामना अटो वक्र्स पाल्पाको रामपुरमा संचालनमा ल्याएको छ । एचएच बजाजले आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने र कँहिकतै बाट पनि छिटो सुविधा पुर्याउने उद्देश्यले सो स्थानमा नयाँ शोरुमको सञ्चालन गरेको हो ।

पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक एचएच बजाजले आफ्ना ग्राहकहरुकालागि उनीहरुले खरिद गरेको सामाग्रीको अधिकतम मूल्य भूक्ता नगर्नका लागि सँधै प्रतिबद्ध रहेको छ । नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ ।

नयाँ शोरुम शुभारम्भ भएको अवसरमा एचएच बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले भने, ‘हामी पाल्पामा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी छौं । ग्राहकहरुको बढ्दो मागका कारण हामीले पाल्पामा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको हो, जसले ग्राहकहरुलाई विभिन्न फाइदा दिने छ । हामी देशभरी रहेका हाम्रा ग्राहकहरुका लागि उच्च गुणस्तरको सेवा प्रदान गर्न प्रतिबद्ध छौं । भगवानको कृपा र हाम्रा ग्राहकहरुको ख्यातीका साथमा हाम्रो भविश्य उज्वल रहेकोमा म विश्वस्त छु ।’

नयाँ शोरुमको शुभारम्भ सँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.