सिप्रदियन सहायताद्वारा २ जना राष्ट्रिय क्रिकेट खेलाडिलाई खेल सामग्री हस्तान्तरण

  २०७३ फागुन २६ गते १७:५९     विकासन्युज

काठमाडौं । सिप्रदियन सहायता संस्थाले नेपालका राष्ट्रिय खेलाडी सुनिल धमला र आरिफ शेख्लाई क्रिकेट सामग्री हस्तान्तरण गरेको छ । बिहिवार आयोजित एक कार्यक्रममा संस्थाका वरिष्ठ उपाध्यक्ष एवम् सिप्रदि ट्रेडिङ्ग प्रा. लि. का निर्देशक शम्भु प्रसाद दाहाल र कम्पनीका उपाध्यक्ष शौरभ राज थपलीयाले खेलाडीलाई एक एक थान व्याट, प्याड , हेल्मेट र अन्य जरुरी सामाग्री संयूक्त रुपमा प्रदान गरेका छन् । सिप्रदीयन सहायता संस्थाले यी दुई खेलाडीहरुलाई विगत छ महिना देखि प्रायोजन गर्दे आएको छ ।

सिप्रदिले समाजको हितको लागी काम गर्दै आएको छ । उक्त संस्थाले शैक्षिक क्षेत्रमा जेहेन्दार र गरिब बालबालिकाको लागी छात्रवृत्ति प्रदान गर्नुका साथै शिपमुलक तालिम प्रदान गर्दै आएको छ । यस संस्थाले प्राकृतिक बिपत्ति र प्रकोपका लागी आपत्कालीन राहत र पुर्नःस्थापनाका कार्यक्रमहरु सञ्चालन समेत गर्दै आएको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.