अास्वा प्रणाली लागू भएपछि सेयर अावदेनमा नब्बर दाेहाेरिने समस्या देखियाे, हितग्राही खाता नम्बर मात्र अाधिकारीक

  २०७३ फागुन २५ गते १२:११     विकासन्युज

निरज गिरी

काठमाडाैं । अास्वा प्रणाली लागू भएपछि सेयर अावदेनमा नब्बर दाेहाेरिने समस्या देखिएकाे छ । याे समस्या देखिएपछि अाश्वा प्रणाली निर्देशिका संशाेधन गर्ने र  हितग्राही परिचयपत्र नम्बरलार्इ मात्र अाधिकारीक नम्बरकाे रूपमा स्वीकार गर्ने तयारी भएकाे छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका दौरान अनियमितता भएको भन्दै छानबिनका लागि नेपाल धितोपत्र बोर्डमा उजुरी पछि बाेर्डले अावेदन नम्बर दाेहाेरिएकाे विषयलार्इ गम्भीर रूपमा लिएकाे प्रबक्ता निरज गरीले बताए ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले निष्काशन गरेको साधारण सेयर बाँडफाँडका दौरान एउटै आवेदन नम्बरबाट धेरै फराम संकलन गरी बाँडफाँड प्रकृयामा भएका गल्ती ढाक छोपको प्रयास भएको भन्दै आफू र आफूजस्तै साना लगानी कर्ताहरुलाई न्याय दिलाउन उजुरी मार्फत बोर्ड समक्ष आग्रह गरिएको पीडितकाे भनार्इ छ ।

फरवार्ड कम्युनिटीको सेयरमा एउटै आवेदन नम्बर भएका कतिपय सेयरधनीले एक जनालाई परेको सेयर आफूले पनि पाउनु पर्ने दाबी गर्दै लक्ष्मी भट्टराई, सञ्जय भण्डारी र यसोदा न्यौपानेले धितोपत्र बोर्डमा निवेदन दिएका हुन् । निवेदनबाट माइक्रो फाइनान्सको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिंगले कसरी एउटै आवेदन नम्बर राखेर एकभन्दा बढी आवेदन फारम लगानीकर्तालाई बितरण गर्यो  र किन एक जनालाई मात्र सेयर बितरण गरियो भन्ने सम्बन्धमा छानबिनका लागि आग्रह गरिएको निवेदक सञ्जय भण्डारीले बताए ।

प्रविन रमण पराजुली

मंगलबार साँझ गुनासाे दर्ता भएकाे र लगानीकर्ताकाे गुनासाेलार्इ बाेर्डले गम्भिर रूपमा लिएकाे गिरीले बताए । ‘अाश्वा प्रणाली लागू भएपछि धिताेपत्र बाेर्डले बनाएकाे नमूना फारम जुनसुकै बैंक तथा वित्तीय संस्थाले प्रयाेग गर्न सक्छन् । त्यसैले अावेदन नम्बरमा डुब्लिकेशन हुने ठाउँ देखियाे’ प्रबक्ता गिरीले भने-‘हामी मर्चेन्ट बैकर्ससँग बसेर समस्या समाधान गर्छाै, अाश्वा प्रणाली सम्बन्धि निर्देशिकामा अावश्यक सुधार गरेर हितग्राही परिचयपत्र नम्बर (विअाेअार्इडी) लार्इ मुख्य अाधार बनाउन सकिन्छ ।

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सकाे सेयर अावेदन नम्बरमा डुब्लिकेशन देखिएपछि विअाेअार्इडीलार्इ अाधार मानेर सेयर वितरण भएकाे नबिल इन्भेष्टमेण्ट बैंकिंङ लिमिटेडका प्रमुख कार्यकारी अधिकृत प्रविन रमण पराजुलीले बताए । ‘आवेदन नम्बरमा आधार नमानी हितग्राही खाताका आधारमा मात्र नतिजा हेर्ने व्यवस्था मिलाएकाे जनाएकाे छ, सेयर पनि हितग्राही खातामा जानेछ’ उनले भने । अाश्वा प्रणाली लागु भएपछि निश्काशन तथा बिक्री प्रबन्धकले छापेकाे फारम मात्र भर्नु पर्छ भन्ने व्यवस्था नभएकाे र खाता रहेकाे जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट धिताेपत्र बाेर्डले बनाएकाे नमुना अनुसार फारम बुझाउन पाउने व्यवस्था भएकाेले अावेदन नम्बर डुब्लिकेशन भएकाे उनले बताए ।

यस्ताे देखियाे समस्या

सञ्जय भण्डारी

‘फरवार्ड कम्युनिटीको सेयरमा मैले भाउजुहरु लक्ष्मी भट्राई, यसोदा न्यौपाने र म स्वयम् सञ्जय भण्डारीले आवेदन गरेको तीन वटै आवेदन नम्बरमा अर्कै व्यक्तिलाई सेयर परेको देखे । यो कसरी भयो ?  मेरो आवेदन नम्बरमा सेयर परेको भए मैले पाउनुपर्छ, धितोपत्र बोर्डले यसमा छानबिन गर्ने अपेक्षा सहित हामीले निवेदन दिएका हौं’ आवेदक भण्डारीले भने । उनले सामान्य लगानीकर्ता यस्ता किसिमका समस्यामा पर्दा चुप लागेर बस्ने गरेको उनले बताए ।

फरवार्ड कम्युनिटीको सेयरमा १७०५७ नम्बरको आवेदनबाट लक्ष्मी भट्टराई, १७०५८ नम्बरको आवेदनबाट सञ्जय भण्डारी र १७०५९ नम्बरको आवेदनबाट यसोदा न्यौपानेले सेयर आवेदन गरेका थिए । नबिल इन्भेष्टमेण्ट बैंकिंगले आफ्नो वेबसाइटमा पहिलो पटक राखेको सेयर बाँडफाँडको नतिजा हेर्दा १७०५७ नम्बरको आवेदनबाट राजन श्रेष्ठ, १७०५८ नम्बरको आवेदनबाट गौरीशंकर श्रेष्ठ र १७०५९ नम्बरको आवेदनबाट रुपक धनवन्तरीलाई सेयर परेको देखिएको थियो । यस सम्बन्धमा समाचार सार्वजनिक भए पछि उनले उक्त नतिजा वेबसाइटबाट हटाएर हितग्राही खाताबाट मात्र नतिजा हेर्न सकने बनाउँदै कमजोरी लुकाउने प्रयास गरेको उनीहरूकाे भनार्इ छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.