गोर्खाज फाइनान्सको ५० प्रतिशत हकप्रद आउँदै, धितोपत्र बोर्डमा निवेदन

  २०७३ फागुन २४ गते १६:४५     विकासन्युज

काठमाडौं । गोर्खाज फाइनान्सले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सेयरधनीलाई २ बराबर १ अनुपातमा हकप्रद दिन फागुन २४ गते बोर्डमा निवेदन दिएको छ ।

फाइनान्सले २८ करोड ९३ लाख ३१ हजार ३ सय रुपैयाँ बराबरको २८ लाख ९३ हजार ३१३ कित्ता सेयर निष्कासन गर्न लागेको हो । फाइनान्सले सेयर निष्कासनको काम एनआईबीएल क्यापिटल मार्केटलाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.