सेञ्चुरी कमर्सियल बैंकले १० प्रतिशत बोनस दिने, पूँजी ३ अर्ब ३० करोड रुपैयाँ नाघ्ने

  २०७३ फागुन २३ गते १७:११     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले शेयरधनीहरुलाई १० प्रतिशत बोनस वितरण गर्ने प्रस्ताव गरेकोे छ । उक्त प्रस्ताव आइतबार बसेको बैंकको बैंक सञ्चालक समितिको बैठकले गरेको हो ।

बैठकको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारण सभाले पारित गर्नुपर्ने छ । सभाबाट पारित भएपछि मात्र शेयरधनीले सो मात्रामा बोनस पाउने छन् ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब रुपैयाँ रहेको छ । बोनस पश्चात बैंकको पूँजी ३ अर्ब ३० करोड रुपैयाँ नाघ्ने छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०६ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.