साओमीको मि मिक्स् मोबाइल नेपाली बजारमा, शुक्रबारसम्म किन्नेलाई विशेष छुट

  २०७३ फागुन २३ गते १४:३६     विकासन्युज

काठमाडौं । साओमीले आफ्नो उत्पादनमा फड्को मार्दै प्रविधियूक्त मि मिक्स् मोबाइल नेपाली बजारमा ल्याएको छ । कम्पनीले शुक्रबारसम्म मोबाइल खरिद गर्नेलाई विशेष छुट दिने भएको छ, जसमा ५ हजार रुपैयाँ छुट गरेको छ ।

उक्त मोबाइलमा मल्टिटाक्सिङ र साधारण स्मार्ट फोनको तुलनामा ५ गुणा बढी क्षमता रहेको यस फोनमा ६जिबी र्याम, २५६ जिबी रोम रहेको छ ।

साथै, कम्पनीका अनुसार यसमा केरामिक बडी १८ के गोल्ड रिम्स् अराउन्ड क्यामेरार फिंगर प्रिन्ट सेन्सरले प्रमियमको अनुभव गराउँछ । फोर के भिडियो प्रमुखता रहेको यस फोनमा १६ एमपी/५ एमपी क्यामेरा, ४४०० एमएएच ब्याट्री रहेको छ ।

कम्पनीका अनुसार बजारमा यसको मूल्य सोमबार देखि शुक्रबार सम्म ८९ हजार ९९९ रुपैयाँ रहेको छ । त्यस्तै, शनिबारदेखि भने यस मोबाइलको मूल्य ९४ हजार ९९९ रुपैयाँ रहने छ ।

शारदा गुप्र अन्तर्गत रहेको वत्सल इम्पेक्स प्रा.लि चिनिया“ मोबाईल कम्पनी साओमीको आधिकारिक बिक्रेता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.