सामसङको ग्यालेक्सि सी ९ प्रो नेपाली बजारमा, मूल्य ५९ हजार ९९० रुपैयाँ मात्र

  २०७३ फागुन २२ गते १३:२५     विकासन्युज

काठमाडौं । सामसङ नेपालले नयाँ स्मार्टफोन ‘ग्यालेक्सि सी ९ प्रो’ नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त फोनमा ६ जीबी र्याम, १६ एम्पी फ्रन्ट र ब्याक क्यामेरा तथा ६ इन्चको एफएचडी समोलेड डिस्प्ले राखिएको छ । साथै, एफएचडी समोलेड डिस्प्ले राखिएको छ भने फुल मेटल यूनिबढी भएको यस फोनले आफ्नो स्मार्टफोनबाट धेरैको अपेक्षा राख्ने ग्राहकहरुका लागि थप आकर्षण पुर्याएको कम्पनीले जनाएको छ ।

फोनले स्क्रिन, मेमोरी र क्यामेरा सम्बन्धी विभिन्न फिचरहरुलाई एकै स्थानमा प्रस्तुत गरेको छ । कम्पनीका अनुसार यी टप-अफ-द-लाइन फिचरहरुले ग्राहकहरुलाई उत्कृष्ट मल्टीमिडिया र क्लियर पिक्चरका साथ इमर्सिभ भिविङ अनुभव प्रदान गरेको छ ।

सामसङ नेपालका डेपुटी जेनरल म्यानेजर प्रणय स्थापितले  ग्यालेक्सि सी ९ प्रो आफ्ना ६ एचडी समोलोड डिस्प्लेका साथ मोबाइल प्रयोगकर्ताहरुलाई सर्वाेत्कृष्ट मल्टिमिडिया अनुभव प्रदान गर्न डिजाइन गरिएको गरिएको बताएका छन् । साथै, उनले आफ्नो एड्भान्स्ड् ६४ बिट्स् अक्टा कोर प्रोसेसर, ६ जिबी र्याम, ४००० एमएएच ब्याट्री पावर र इनबिउल्ट स्टोरेज सम्म गर्न सकिने बताए। यो स्मार्टफोन ग्राहकहरुलाई पावरहाउस प्रफर्मेन्स दिन तयार छ । अझै डियुल एलइडी फ्लास र एफ्.९ लेन्स सहितको १६ एमपीफ्रन्ट र रियर क्यामेराले प्रयोगकर्ताहरुलाई “लो–लाइट” कन्डिशनहरुमा पनि उत्कृष्ट फोटोहरु लिने क्षमता प्रदान गरेको डेपुटी जेनरल म्यानेजर प्रणय स्थापितले बताए ।

नेपाली बजारमा उक्त मोबाइल ब्ल्याक् र गोल्ड गरी २ वटा रंगहरु उपलब्छ छ ।  यस मोबाइलको मूल्य ५९ हजार ९९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.