महासंघको जिल्ला उपाध्यक्ष पदमा दिनेश श्रेष्ठ र प्रमोद श्रेष्ठबीच प्रतिस्पर्धा हुने, आईतबार उम्मेदवारी घोषणा

  २०७३ फागुन २१ गते १९:४६     विकासन्युज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचनमा जिल्ला तथा नगरतर्फको उपाध्यक्ष पदका उम्मेदवारहरुको अन्तिम टुङ्गो लागेको छ । सो पदमा वस्तुगत समूहको वर्तमान उपाध्यक्ष दिनेश श्रेष्ठ र कार्यसमिति सदस्य तथा स्थानीय आर्थिक विकास समितिका सभापति प्रमोद श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

बरिष्ठ उपाध्यक्षका उम्मेदवार शेखर गोल्छाको तर्फबाट जिल्ला तथा नगर समूहको उपाध्यक्षमा दिनेश श्रेष्ठ उम्मेदवार छानिएका छन् । ‘मेरो चाहाना बरिष्ठ उपाध्यक्ष हो तर टिमले जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा मलाई उम्मेदवार बनाउने निर्णय गर्यो’ श्रेष्ठले भने विकासन्युजसँग कुरा गर्दै भने–‘महासंघमा राजनीतिक आस्थाको आधारमा उम्मेदवार हुने होइन, आस्थाको काम गर्ने पनि होइन । टिममा मिलेर चुनावमा जाने हो, टिममा मिलेर व्यवसायिक हितमा काम गर्ने हो ।’

वरिष्ठ उपाध्यक्ष पदको अर्का उम्मेदवार किशोर प्रधानको चुनावी प्यानलबाट प्रमोद श्रेष्ठले जिल्ला तथा नगरतर्फको उपाध्यक्षमा उम्मेदवारी दिने भएका छन् । ‘महासंघमा जिल्ला तथा नगरतर्फबाट कार्यसमिति सदस्यमा खुला प्रतिस्पर्धामा सबैभन्दा बढी मत पाउनेलाई व्यक्तिलाई अर्को निर्वाचनमा उपाध्यक्षको उम्मेदवार बनाउने अभ्यास छ । मैले गएको निर्वाचनमा खुलातर्फ सबैभन्दा बढी मत पाएको थिएँ, श्रेष्ठले विकासन्युजसँग भने–‘आईतबार किशोर प्रधानसँगै मैले विराटनगरबाट उम्मेदवारी घोषणा गर्दैछु ।’

महासंघमा अध्यक्ष र वरिष्ठ उपाध्यक्षपछि जिल्ला तथा नगरतर्फको उपाध्यक्ष पावरपूल पद मानिन्छ ।

थप समाचारहरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.