सेञ्चुरी बैंकले सगरमाथा फाइनान्स एक्वाएर गर्ने, पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुग्ने

  २०७३ फागुन २० गते १४:४७     विकासन्युज

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले ललितपुरको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्वाएर) गर्ने सम्झौता भएको छ । बिहीबार दुई संस्थाले उक्त सम्झौतामा हस्ताक्षर गरेका छन् ।

हाल सेञ्चुरी बैंककोे चुक्ता पूँजी ३ अर्ब ६८ करोड रुपैयाँ रहेको छ । बैंकले यस अघि इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्न सैद्धान्तिक सहमति प्राप्त गरिसकेकोे छ । सेञ्चुरी बैंकले तीन संस्था प्राप्तीबाट करिब १ अर्ब ५० करोड रुपैयाँ पूँजी प्राप्त गर्ने बैंकले जनाएको छ । त्यस पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब १८ करोड रुपैयाँ पुग्ने छ ।

त्यस्तै, सगरमाथा फाइनान्सको हकप्रद तथा अघिल्लो आ.व.को मुनाफा समेतबाट ७८ करोड रुपैयाँ पूँजी रहने छ । हाल सगरमाथा फाइनान्सको १४ वटा शाखा कार्यालयहरु रहेका छन् । त्यसैगरी सो संस्थाले २०७३ पुस मसान्तमा ५ करोड ६१ लाख रुपैयाँ खुद मुनाफा गर्न सफल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.