मेगा बैंक र रेमिट टू नेपालबीच रेमिट्यान्स सम्झौता

  २०७३ फागुन १९ गते १६:३८     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र रेमिट टू नेपाल प्राइभेट लिमिटेडबीच रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता भएको छ । उक्त रेमिट्यान्स कारोबार सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका तर्फबाट सहायक उपसिइओ रविना देशराज श्रेष्ठ र रेमिट टू नेपालका सिइओ चन्द्र भट्टले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतापछि रेमिट टू नेपालमार्फत नेपालीले विदेशबाट पठाएको विप्रेषण रकम (रेमिट्यान्स) मेगा बैंकका देशभरका शाखाबाट भुक्तानी पाउनेछन् । यसैगरी, रेमिट टू नेपालको सफ्टवेयरमार्फत स्वदेशभित्र रकम पठाउने र भुक्तानी लिन पाइने बताइएको छ ।

यस सम्बन्धि साझेदारीपछि विशेषगरि खाडी, जापान र युरोपबाट रेमिट्यान्स कारोबार सहज हुने मेगा बैंकको विश्वास छ । मेगा बैंकको देशभर ४० वटा शाखा कार्यालय तथा देशभरि छरिएका १४ सय रेमिट एजेन्ट छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.