आइएमसीद्धारा नेपाल एम्बुलेन्स सर्भिसलाई थप ५ एम्बुलेन्स सहयोग

  २०७३ फागुन १६ गते १८:१५     विकासन्युज

काठमाडौं । नेपाल एम्बुलेन्स सर्भिस (एनएएस) ले दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरुका लागि दिक्षान्त समारोह आयोजना गरेको छ । तालिमको दोस्रो सत्रमा स्ट्याण्डफोर्ड यूनिभर्सिटी स्कूल  अफ मेडिसिनद्धारा संचालित स्वास्थ्य आकस्मिक सेवा तालिमको दोस्रो ब्याचमा ४७ जना स्वास्थ्यकर्मीलाई समारोहका प्रमुख अतिथि स्वास्थ्य मन्त्री गगन थापाले प्रमाणपत्र प्रदान गरेका हुन् ।

सोहि कार्यक्रममा इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी) ले नेपाल एम्बुलेन्स सर्भिसलाई ५ वटा नयाँ एम्बुलेन्स सहयोग गरेको छ । नयाँ टोयोटा हायस एम्बुलेन्सका पाँच थान साँचोहरु आईएमसीले स्वास्थ्य मन्त्री थापाद्धारा एम्बुलेन्स चालकहरुलाई हस्तान्तरण गरेको छ । एनएएसले यस अघी देखि नै काठमाडौं उपत्यका र चितवनमा  दक्ष आकस्मिक सेवा स्वास्थ्यकर्मीहरु सहितको पूर्ण सुविधा सम्पन्न ६ वटा एम्बुलेन्स संचालन गर्दै आएको छ । अब संस्थाले पोखरा, बुटवल र भैरहवामा पनि सेवा बिस्तार गर्ने भएको छ । सोहि अवसरमा मन्त्रि थापाले भने “ नेपाल सरकार अब नेपाल एम्बुलेन्स सर्भिससंग हाते मालो गरेर यस्तै स्तरिय सेवा सम्पूर्ण राज्य भरि संचालन गर्न अघि सर्ने छ । यो पब्लिक प्राइभेट पार्टनरशीपको उत्कृस्ट नमुना बन्ने छ भन्ने कुरामा मा विश्वस्त छु । ”

कार्यक्रममा नेपाल एम्बुलेन्स सर्भिसका अध्यक्ष ओम राजभण्डारीले भने, ‘हामीलाई गर्व लाग्छ अहिले सम्म २००७७ बिरामीहरुलाई सेवा प्रदान गर्न सफल भएको छौँ । जस मध्ये ३६ वटा शिशुको जन्म एम्बुलेन्स भित्रै भएको थियो । साथै महा विनासकारी भूकम्पको बेलामा नेपाली सेना र नेपाल प्रहरी सँगको संयोजकत्वमा हामीले ७०० भन्दा बढि घाईतेहरुलाई उद्धार गर्न सफल भएका थियौं ।’

इन्टरनेसनल मेडिकल कप्र्स (आइएमसी)का देशिय निर्देशक जोलेने माएमुलिन्सले भने , “ नेपाल एम्बुलेन्स सर्भिस सँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्न चाहन्छु ” । साथै, उनले अन्य  विकसित मुलुक जस्तै नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको एम्बुलेन्स सेवा संचालन गरि रहेकोमा एनएएसलाई बधाई दिएका छन् ।

सोहि कार्यक्रममा बोल्दै तालिमका संयोजक डा. कुलेश थापाले भने, ‘स्ट्याण्डफोर्डको सहयोगमा स्वास्थ्य सम्बन्धि आकस्मिक सेवा प्रदान गर्न स्वास्थ्यकर्मीहरुलाई यस्तो प्राविधिक तालिम कार्यक्रम नेपालमै पहिलो थियो र यो दोस्रो पटक थप इएमटीहरुलाई तालिम दिन पाहुदा हामी खुसी छौँ । हामीले अहिले सम्म १०० जनालाई इएमटीतालिम दिँदै आएका छौं जसले गर्दा नेपाल एम्बुलेन्स सेवालाई आफ्नो बिस्तार गर्न थप सहयोग  पुर्याउने ’ उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.