एडिबी नेपाल प्रमुखका २ आशंका, २ प्रसंशा

  २०७३ फागुन १५ गते १८:२९     विकासन्युज

काठमाडौं । एसियाली विकास बैंक(एडिबी) नेपालका प्रमुखले २ आशंका र २ प्रसंशा व्यक्त गरेका छन् । राजधानीमा सन २०१६ को पोर्टफोलियो रिभ्यु कार्यक्रममा एडिबीका नेपाल प्रमुख केनीची योकोयामाले मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणाली तथा वातावरिणय सवाल र त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको स्तरोन्नतिका सवालमा आंशका पैदा भएको बताए ।

तर मेलम्ची खानेपानी आयोजनाको सुरुङ लगायतका संरचनाको निर्माण र सासेक सडक आयोजनाको प्रगतिको भने प्रंसशा गरे । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल स्तरोन्नति आयोजनाको ठेक्का तोडिएको छ भने मेलम्ची खानेपानी आयोजनाको वितरण प्रणालीको पाइप बिछ्याउने काम धमाधम अघि बढिरहेको छ । पाइप बिछ्याउँदा वातावरिणय प्रदुषण बढेको भन्दै आलोचना भैरहेको छ । यी दुबै आयोजनामा एडिबीको लगानी रहेको छ ।

कार्यक्रममा अर्थ सचिव शान्तराज सुवेदीले सरकारी निकायलाई मात्रै दोष दिन नमिल्ने बताएका थिए । उनले विकास आयोजनाको समिक्षामा जनशक्ति अभाव, वातावरण र झण्झटिलो प्रक्रियालाई देखाएर सरकारी पक्षलाई मात्रै दोषी देखाउनु गलत भएको बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.