सोलुखोला आयोजनाको ४० प्रतिशत निर्माण सम्पन्न, २२ महिनामा निर्माण पुरा गर्ने

  २०७३ फागुन १५ गते १६:१४     विकासन्युज

सोलुखुम्बु। सोलुखोला जलविद्युत् आयोजनाको ४० प्रतिशत निर्माण कार्य भएको छ । अप्पर सोलुखोला हाइड्रो इलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको २३ मेगावाट क्षमताको आयोजना निर्माण ४० प्रतिशत काम सकिएको आयोजनाले जनाएको छ ।

ऊर्जा मन्त्रालयले सन् २०१० मा सो आयोजना निर्माणका लागि अनुमति दिएको थियो । सन् २०१५ को मध्यबाट २२ महिनामा आयोजना निर्माण पुरा गर्ने लक्ष्यसहित निजी क्षेत्रको लगानीमा काम भइरहेको हो ।

संरचनागत विवरण/प्रगति

आयोजनाको सम्पन्न ४० प्रतिशत निर्माणमध्ये बाँधस्थलको प्रगति बढी देखिएको छ । बाँधस्थलमा करिब ७० प्रतिशत निर्माण कार्य भइसकेको छ भने बाँध भन्दा तल एक सय २० मिटर तल डिसेन्डर (बालुवा थिग्र्याउने) पोखरी निमार्ण भइरहेको छ । यसको करिब ८० प्रतिशत निर्माण बाँकी छ ।

डिसेन्डरमा छानिएको पानी विद्युत गृहसम्म पुर्याउन ‘लो प्रेसर’ र ‘हाइ प्रेसर’ पेनस्टक पाइप जडान गरिने भएको छ । दुई दशमलव पाँच मिटर ब्यास र एक दशमलव नौ मिटर उचाइका पेनस्टक पाइप ठेकेदार ‘सिई कन्सट्रक्सन’ले आयोजनास्थलमै निर्माण गर्दै जडान गरिएको छ । कूल चार दशमलव तीन किलोमिटरको पाइपमध्ये तीनसय नौ मिटर लो प्रेसर र चारसय मिटर हाई प्रेसर संरचनामा पर्ने आयोजनाले जनाएको छ । यो बीचमा एक सय ७० मिटर सुरुङ पनि निर्माण हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.