पाँच बर्षमा साढे ६२ प्रतिशतले बढ्यो अमेरिका निर्यात, ३६ अर्बका नेपाली उत्पादन अमेरिकी बजारमा

  २०७३ फागुन १३ गते १७:३३     विकासन्युज

काठमाडौं । नेपालले पछिल्लो पाँच आर्थिक बर्षमा ३६ अर्बका उत्पादन अमेरिका निर्यात गर्न सफल भएको छ ।

नेपालले आर्थिक बर्ष २०६८/६९ देखि आव २०७२/७३ सम्ममा ३६ अर्ब एक करोड मूल्य बराबरका नेपाली उत्पादन अमेरिका निर्यात गरेको हो । यो पाँच बर्षमा नेपालको अमेरिका निर्यात ६२ दशमलब ७२ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक बर्ष २०६८/६९ मा पाँच अर्ब ५५ करोड मूल्य बराबरका नेपाली बस्तु अमेरिका पठाइएका थिए भने गत आवमा यो ९ अर्ब ३४ करोडमा पुगेको छ । आव २०६९/७० मा ५ अर्ब ७५ करोड, आव २०७०/७१ मा ७ अर्ब ५८ करोड र आव २०७१/७२ मा ७ अर्ब ७९ करोड मूल्य बराबरका नेपाली उत्पादनले अमेरिकी बजार प्राप्त गरेका छन् ।

नेपालबाट बिभिन्न ६१० वटा उत्पादन अमेरिका निर्यात भएका छन् । नेपाली कफि, ग्रीन टी, चिज, यार्सागुम्बा, पास्ता, ससेज, फर्निचरका समान लगायत निर्यात हुँदै आएको छ ।  नेपाललाई अमेरिकाले उपलब्ध गराएको ड्युटी फ्रि सुबिधाको उपयोग गर्न सकिए नेपाल उत्पादनले अमेरिकी बजारमा ठुलो हिस्सा पाउने सक्ने अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.