नेप्से परिसूचक ३१ दशमलब ८९ अंकले ओरालो, दुई अर्ब ७४ करोडको सेयर कारोबार

  २०७३ फागुन १३ गते १७:२०     विकासन्युज

काठमाडौं । यो साता नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३१.८९ अंकले घटेर अन्तिम दिन १३३७.४६ अंकमा पुगेको छ । साताभर दुई अर्ब ७४ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । सातामा पाँचै दिन कारोबार भएको बजारमा १५५ कम्पनीको ६२ लाख ३४ हजार तीन सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

परिसूचक ओरालो लागेपनि कारोबार रकम गत साताको भन्दा ६ दशमलब ४३ प्रतिशतले बढेको छ । गत साता १५५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २९३२७ कारोबारबाट दुई अर्ब ५८ करोड १४ लाख १५ हजार रुपैयाँ बराबरका ७९ लाख सात हजार सात सय २० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताभर बजारमा कारोबार भएका प्राय सबै परिसूचक ओरालो लागेका छन् । बजारमा कारोबार भएका बीमा समूहको परिसूचक सबैभन्दा बढी अंक २५० अंकले ओरालो लागेको छ । त्यस्तै, वाणिज्य बैंक, वित्त, जलविद्युत, विकास बैंक र होटल समूहको परिसूचक क्रमशः ३३.३२, २०.८६, २०.०६, १३.७५ र ११.३ अंकले ओरालो लागेका छन् ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ७.२८ अंकले घटेर २९०.८८ अंकमा आईपुगेको छ । यस साता पनि सबैभन्दा बढी बैंक अफ काठमाण्डूको १४ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा एनआईबीएल सम्वृद्धी फण्ड १ र कारोबार संख्याको आधारमा पनि बैंक अफ काठमाण्डू नै अग्रस्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.