हिमालय एयरलाइन्सको याङगुन उडान शुरु, हप्ताको दुई दिन उडान भर्ने

  २०७३ फागुन १३ गते १६:२०     विकासन्युज

काठमाडौं । हिमालय एयरलाइन्सले म्यानमारको याङगुनमा नियमित उडान शुरु गरेको छ । म्यानमारमा बस्ने ३ लाख नेपालीलाई लक्षित गर्दै हिमालय एयरलाइन्सले याङगुन उडान सुरु गरेको हो । हिमालय एयरलाइन्सले आफ्नो चौथो गन्तव्यका रुपमा याङगुन उडान थालेको हो ।

जहाजले बिहान १०ः५५ मिनेटमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान भरेर २ः१५ मिनेटमा याङगुन विमानस्थलमा अवतरण गर्नेछ । काठमाडौं– याङगुन उडानले दुई देशको व्यापार तथा पर्यटन प्रवद्र्धनमा सहयोेग पुग्ने अपेक्षा गरिएको छ । हिमालयले हप्ताको दुई दिन सोमबार र शुक्रबार उडान भर्नेछ ।

म्यानमारका राजदूतावासका राजदूत ल्वीन आँ, पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्य र हिमालय एअरलाईन्स्का प्रशासन उपाध्यक्ष विजय श्रेष्ठ पनि म्यानमारको प्रथम उडानका यात्रुहरुसँगै सहभागी भएका थिए । विजय श्रेष्ठले भने ‘एसियाली क्षेत्रमा नेपालको बढ्दो हवाई सम्पर्कले नेपाली पर्यटन उद्योगमा टेवा पुर्याउने अभियानमा कोसेढुङ्गा थपिने अपेक्षा गरेका छौं’ उपाध्याक्ष श्रेष्ठले भने ।

काठमाडौं-याङगुन-काठमाडौंको शुरुवाती भाडादर सरकारी कर बाहेक २९ हजार ६ सय कायम गरिएको छ । म्यानमारका लागि युनिक एसिया ट्राभल एण्ड टुर्सलाई सेल्स एजेण्ट नियुक्त गरेको छ । नेपाली र चिनियाँ लगानी कर्ताको संयुक्त लगानीमा सञ्चालनमा रहेको कम्पनीले जेठ १८ २०७३ देखि दोहा, कतार र अक्टोबर १ देखि कोलम्बो उडान थालेको थियो ।

कम्पनीले चाडैँ दमाम, हङकङ, दिल्ली, अहमदावाद र चेन्नाई र दोश्रो चरणमा दुवई, बैंकक, वेइजीङ्ग, ल्हासा र चेंदगुलाई प्रत्यक्ष उडान भर्ने योजना बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.