अपी पावरले १२५ मेगावाट नयाँ जलविद्युत् आयोजना अघि बढाउँदै, लगानी अभावमा रोकियो आयोजना

  २०७३ फागुन १३ गते १४:४३     विकासन्युज

काठमाडौं । अपी पावर कम्पनी लिमिटेडले १ सय २५ मेगावाटको नयाँ जलविद्युत् आयोजना अघि बढाउने तयारी गरिरहेको छ । कम्पनीले दार्चुलाको अपर चमेलिया ४० मेगावाटको लागि अध्ययन गरिरहेको छ । त्रिशुलीको गल्छीबाट ७५ मेगावाट विद्युत् उत्पादन गर्ने परियोजना कम्पनीले अघि बढाएको छ । त्यस्तै कम्पनीले कावेली ‘बी’ वान २५ मेगावाटको काम भइरहेको छ । युवाखोला पाँचथर, अपर नौगाड, इंगुवा ताप्लेजुङ परियोजनामा काम अघि बढाइरहेको छ । उक्त परियोजनाहरूमध्ये इंगुवा र अपर नौगाडा १०/१० मेगावाटका परियोजना हुन् अपर नौगाड दार्चुला ८ मेगावाटको परियोजना हो ।

कम्पनीले तत्कालै परियोजना अघि बढाउन र निर्माणाधिन परियोजनाको कार्य सम्पादन रोक्न चाहेको छैन । तर, लगानी अभावका कारण नयाँ परियोजना सुरु गर्न सकिरहेको छैन । सम्झौताको तयारीमा रहेको परियोजना पनि ‘क्रेडिट क्रन्च’ का कारण रोकिएको छ भने पुराना परियोजनका लागि समेत केही समय पर्खन बैंकहरूले भनिरहेका छन् । ऋणको ब्याज भने बढाइ सकेका छन् । समय कर्जा नपाउँदा निर्माधिन आयोजनाहरू लागत बढ्ने र निर्धारित समयमा नसकिने भएको छ । नयाँ आयोजना शुरु हुन सक्ने अवस्था नभएको अपी पावर कम्पनी लिमिटेडका अध्यक्ष गुरुप्रसाद न्यौपानेले बताए ।

‘ब्याजदर बढ्दा नाफा घट्यो । ऋण नदिँदा नयाँ परियोजना अघि बढाउन सकिएन’, उनले भने, ‘त्रिशूली गल्छी ७५ मेगावाट, दार्चुलाको अपर चमेलिया ४० मेगाको परियोजना रकम अभावले सुरु गर्न सकिएको छैन ।’ ताप्लेजुङको इगुवा १०, काबेली बी वान २५, पाँचथरको युवा खोला १०, अपर नौगाड ८ मेगावाटका आयोजनामा समेत असर परेको उनले बताए । न्यौपानेले केही परियोजनाको लागि लक्ष्मी बैंकसँग सम्झौता गर्ने तयारी गरिरहेको छ । तर, बैकले सम्झौताका लागि अन्य बैंकसँग नै सम्झौता गर्न सकेको छैन ।

उनी त प्रतिनिधिपात्र मात्रै हुन् देश सञ्चालित साना ठूला आयोजना लगानी अभावका कारण आयोजना अघि बढाउन सकिरहेका छैनन् । उद्योगी व्यवसायीहरुलाई समयमा परियोजना निर्माण कार्य सम्पन्न गर्न नसक्दा परियोजना लागत बढ्ने बढ्ने तथा नाफा कम हुने हुने पिरलोमा परिरहेका छन् ।

यी त प्रतिनिधि उदाहरणमात्र हुन् । बैंकले ऋण नदिँदा र ब्याजदर बढाउँदा समग्रमा देशको विकास पछि परेको छ । हालको समस्या समाधान गर्न सरकारी रकम जुन खर्च हुन नसकेर थन्किरहेको छ त्यसलार्य उद्योगीहरूले उपयोग गर्न पाउने माग राखिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.