सोह्रखुट्टेमा इरा हेल्थ सेन्टर संचालनमा

  २०७३ फागुन १३ गते १०:१७     विकासन्युज

काठमाडौं । काठमाडौंको सोह्रखुट्टेमा इरा हेल्थ सेन्टर संचालनमा आएको छ । यो हेल्थ सेन्टरको स्वस्थ्यमन्त्री गगन थापाले शुक्रबार उद्घाटन गरेका हुन् । विदेशी पर्यटक एवं तथा ट्राभल तथा ट्रेकिङ क्षेत्रलाई विशेष सेवा दिने उद्देश्यले यो हेल्थ सेन्टर खोलिएको हो ।

हेल्थ सेन्टरका मेकिल डाइरेक्टर निर्वाणराज तिमल्सिनाले संचालन गरेको यो सेन्टरमा २५ जनाले रोजगारी पाउने छन् । सेन्टरमा करिब २ करोड रुपैयाँ लगानी रहेको उल्लेख छ ।

हेल्थ सेन्टर उद्घाटन गर्दे स्वास्थ्य मन्त्री गनन थापाले सरकारले संचालन गरेका र अनुमति प्रदान गरेका हस्पिटल तथा हेल्थ सेन्टरलाई समान प्राथमिकता दिएको बताए ।

उनले सरकारी हस्पिटलले दिने सेवा भन्दा फरक सेवा सुविधा सहितको निजी क्षेत्रको हस्पिटलत तथा स्वास्थ्य सेन्टरलाई प्राथमिकता दिने बताए । उनले नेपालमा आँखाको उपचार सेवाले विश्व स्तरमा ख्याती कमाएको उल्लेख गर्दै पर्यटन स्वस्थ्य सेवामा पनि नेपालले विशेष सेवा दिन सक्ने बताए ।

पर्यटनसँग सम्वन्धित विदेशीलाई विशेष सेवा दिन हेल्थ सेन्टर खोलिएको हेल्थ सेन्टरका मेडिकल डाइरेक्टर तिमल्सिनाले बताए । उनका अनुसार यो हेल्थ सेन्टर सामान्य सेवा भन्दा पनि विशेष सेवा दिने उद्देश्यले संचालन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.