नागढुङ्गा-कलंकी सडकको ६ किलोमिटर बैशाखभित्रै कालोपत्रे

  २०७३ फागुन १२ गते १३:२९     विकासन्युज

काठमाडौं । नागढुङ्गा- कलंकी सडक खण्डको ६ किलोमिटर सडक आगामी बैशाख भित्रै कालोपत्रे हुने भएको छ । सडक अतिक्रमण गरि निर्माण गरिएका भौतिक संरचना भत्काउने काम सम्पन्न भैसकेको ६ किलोमिटर सडक आगामी बैशाख भित्रै कालोपत्रे गर्ने प्रक्रिया अघि बढेको सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले बताए ।

‘नागढुङ्गाबाट कलंकी तर्फको ६ किलोमिटर सडक बैशाख भित्रै पिच गर्न सकिन्छ, त्यसकाबिचमा केहि बिजुलीका पोल छन, तिनको व्यवस्थापनमा विद्युत प्राधिकरणले सघाउनु पर्छ’, महानिर्देशक कार्कीले भने । उनले अधिकतम ५ महिनाभित्रै सो खण्डको पिच सम्पन्न गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । नेपाल विद्युत प्राधिकरणले सडकका बिच भागमा परेका बिजुलीका पोलहरुको व्यवस्थापनमा ढिलाई गरेकाले तत्काल कालोपत्रेको काम अघि बढाउन नसकिएको पनि उनले जानकारी दिए ।

कलंकीदेखि नागढुङगा तर्फको ६ किलोमिटर सडकमा भने अदालतले काम अघि नबढाउन अन्तरिम आदेश दिएको छ । अदालतले अन्तिम फैसला नगरेसम्म सो खण्डको सडक विस्तार तथा कालोपत्रे गर्ने काम अघि बढ्न नसक्ने पनि उनले जानकारी दिए ।

बिगत लामो समयदेखि १२ किलोमिटर लामो कलंकी–नागढुङगा सडक विस्तार सम्पन्न नहुँदा सवारी आवागमनमा असहजता उत्पन्न भैरहेको छ । भत्काइएका सडक र खनिएका ढलहरुका कारण धुलो उडेर यातायात सञ्चालनमा कठिनाई हुनुका साथै स्थानिय जनताको जनजीवन पनि कठिन बन्दै गएको छ । तर सडक विस्तारमा अदालतले अन्तरिम आदेश दिएपछि काम अघि बढ्न सकेको छैन जसले थप सास्ती दिईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.