चौधरी ग्रुपअन्तर्गतका विभिन्न ब्राण्डका एसीमा फ्रि एसी सर्भिस क्याम्प संचालनमा

  २०७३ फागुन १२ गते १३:०२     विकासन्युज

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतका सिजी, एलजी तथा टिसिएल ब्राण्डका एसीहरुमा फ्रि एसी सर्भिस क्याम्प २०१७ को कार्यक्रम संचालनमा आएको छ । उक्त कार्यक्रममा जुनसुकै ब्राण्डको पुरानो एसीसँग नयाँ एलजी, सिजी वा टिएलसीका एसीहरु सकिनेछ ।

कार्यक्रमलाई दुई खण्डमा विभाजन गरिएको छ । पहिलो खण्ड अन्र्तगत काठमाडौं, नारायणगढ, बुटवल, पोखरा र नेपालगञ्ज शहरमा फाल्गुन ९ गते देखि फाल्गुन २७ गते सम्म सञ्चालन हुने छ । त्यस्तै, दोस्रो खण्डमा विराटनगर, इटहरी, धरानमा फाल्गुन २९ गते देखि चैत १८ गते सम्म उक्त कार्यक्रम संचलान हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार कुनै पनि ब्राण्डको निशुल्क सर्भिसिङ्ग, स्पेएर पार्टस् तथा कुनै पनि ब्राण्डका एसी एक्स्चेञ्जमा विशेष छुट रहेको उक्त कार्यक्रमले उपभोक्तालाई थप सुविधा हुने जानकारी कम्पनीले दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.