मोबाइल मनि सेवा सञ्चालन गर्न आईएमई डिजिटल सोलुसन र सक्षमबीच साझेदारी, ५० अर्ब राजश्व थपिने गभर्नर भनाई

  २०७३ फागुन ११ गते १८:३०     विकासन्युज

काठमाडौं । मोवाईल मनी सेवा सञ्चालन गर्ने सम्बन्धमा आईएमई डिजिटल सोलुसन र संयुक्त अधिराज्यको सहयोगमा सञ्चालित सक्षम कार्यक्रमका बीचमा साझेदारी भएको छ । यो सेवा छोटो अवधिमा ६ लाख  परिवारलार्इ  पुर्याउने लक्ष्य राखिएको छ ।

यो सेवा अाइएमइ रेमिट्यान्स सेवा प्रयाेग गर्ने करिव ६ परिवारले तत्काल पाउने, त्यसपछि विल पेमेन्ट गर्न, बैंकमा खाता खोल्न, निक्षेप राख्न तथा खाता सञ्चालन गर्न यो सुविधा प्रयोगमा ल्याइने दुई संस्थाबीच भएको समझदारीपत्रमा उल्लेख गरिएको छ । यो सेवा क्रमशः बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, ब्रोकर कम्पनीहरुमा पनि विस्तार गरिने जनाईएको छ ।

‘यो सेवाको प्रयोग शहर र ग्रामिण क्षेत्र सबैतिर हुन्छ, जहाँ मोवाईल र अन्य ग्याजेट प्रयोगमा छ’ सम्झौता पत्रमा भनिएको छ–‘यो सेवाबाट  विद्यार्थी, व्यवसायी, विभिन्न पेशाकर्मी, कृषकलगायत सबैले लाभ लिन सक्ने छ । ७५ प्रतिशत युवा, ४५ प्रतिशत महिला र ३५ प्रतिशत वृद्धिहरुले यो सेवा प्रयोग गर्नेछन्’ सम्झौता पत्रमा उल्लेख गरिएको छ ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवी नेपालल नवीन विधुतीय भुक्तानी प्रणालीको सुरुवातले वार्षिक झण्डै ५० अर्बसम्म सरकारी राजश्व बढाउने बताए । ‘यसले कारोबार सहज बनाउने छ, आर्थिक पारदर्शिता वृद्वि गर्न सहयोग गर्ने छ । अर्थमन्त्रालयमा भएको प्रारम्भिक छलफलमा डिजिटल कारोबारले वार्षिक ५० अर्ब राजश्व वृद्धि हुन सक्छ भन्ने प्रारम्भिक अनुमान छ ।’

ग्रामिण क्षेत्रमा वित्तीय पहुँच विस्तार गर्न यस्तो भुक्तानी प्रणाली निक्कै प्रभावकारी हुने भन्दै गभर्नर नेपालले नेपाल राष्ट्र बैंकले यस्तो नवीनतम कार्यमा पूर्ण सहयोग गर्ने बताए । नेपाल दुरसञ्चार प्राधिकरणका निर्देशक आनन्द खनालले मोवाई बैकिङ सेवा विस्तार गर्ने कार्य प्राधिकरणको प्राथमिक सूचिमा परेको र दुर सञ्चार सेवा प्रदायक कम्पनीहरुलाई यो सेवामा सहयोग गर्ने प्राधिकरणले निर्देशन दिएको बताए ।

आईएमईको रेमिटेन्स सेवाको सफलतासँग तुलना गर्दै आईएमई समूहका कार्यकारी अध्यक्ष चन्द्रप्रसाद ढकाललेकरिव ९ लाख मानिसलाई मोवाईल बैंकिङ सेवा दिने भन्दा महत्वकांक्षी लाग्न देखिए पनि त्यसमा आफूहरु सफल हुने बताए । ‘१७ वर्षअघि आईएमईले विदेशबाट मासिक २ मिलियन डलर रेमिट्यान्स ल्याउन सकिन्छ भन्दा धेरैले पत्याएनन्, महात्वकांक्षी भने । तर हामी सफल भयौं’ उनले भने ‘विदेशमा काम गर्ने नेपालीहरुको पैसा आईएमई रेमिट कम्पनी मार्फत भित्र्याउन हामी जसरी सफल भयो, त्यसरी नै आईएमई डिजिटलले मोवाईल मनी सेवा प्रदान गर्न सक्छ ।’

ग्रामीण वित्तीय क्षेत्रमा डिजिटल वित्तीय सेवाको प्रभाव माथि प्रकाश पार्दै आईएमई लिमिटेडका प्रबन्ध निर्देशक हेमराज ढकालले भने मोवाईल मनी सेवा खास गरी ग्रामीण क्षेत्रका बैंक र वित्तीय क्षेत्रको पहुँच पुग्न नसकेका जनताका बीचमा प्रभावकारी र लोकप्रिय हुने विश्वास व्यक्त गरे । ‘नेपालका ग्रामीण क्षेत्रहरूमा हालसम्म बैंक तथा वित्तीय क्षेत्रको सेवा पर्याप्त मात्रामा पुग्न नसकिरहेको अवस्थामा पनि अधिकांश नेपालीका हातहातमा मोबाइल फोन पुगिसकेको देखिएको छ । त्यसैले मोबाइल फोन मार्फत प्रदान गरिने यो डिजिटल वित्तीय सेवा आज संसारका अन्य विकसित मुलुकहरूमा जसरी प्रभावकारी र लोकप्रिय भएको छ, त्यसैगरी नेपालमा पनि प्रभावकारी र लोकप्रिय हुने हामीलाई विश्वास छ ।’

सक्षमका समूह प्रमुख बलजित बोहराले देशव्यापी रूपमा एउटा सम्पूर्ण मोबाइल वित्तीय सेवा सुरुवात गर्नका लागि नीति–निर्माताहरू, नियामक निकायहरू, बहुराष्ट्रिय संस्थाहरूका साथै बजारमा सक्रिय निकायहरूसित अहोरात्र खटिरहेको बताए । डिएफआईडी नेपालका आर्थिक विकास समूह प्रमुख गारेथ विअरले युकेएड सक्षमलाई मोबाइलमा आधारित वित्तीय सेवाका क्षेत्रमा नयाँ नमूना प्रस्तुत गर्न यस क्षेत्रका प्रतिबद्ध साझेदारहरूसँग नयाँ साझेदारी गरी छिटो केही उपलब्धी हासिल गर्नका लागि चुनौती नै दिएका बताए ।

आईएमई डिजिटल सोलुसन लिमिटेड आईएमई ग्रुपको सहायक कम्पनी आईएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले जानकारी दिए । उनका अनुसार यस कम्पनीले मोबाइलमा आधारित वित्तीय सेवा अर्थात् मोबाइल वालेट सेवा आरम्भ गरी पर्याप्त बैङ्किङ सेवा/बैङ्किङ सेवा पाउन नसकेका नेपालका जनतासम्म वित्तीय पहुँच पु¥याउनुका साथै नेपालको वित्तीय समावेशीकरणका क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने लक्ष्य समेत लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.