सूर्योदय लघुवित्तको साधारणसभा चैत १२ गते, फागुन २८ गतेदेखि १५ दिन बुक क्लोज

  २०७३ फागुन ११ गते १४:३५     विकासन्युज

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाले चैत १२ गते साधारणसभा गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकले साधारणसभा सम्बन्धि निर्णय गरेको हो ।

साधारणसभा प्रयोजनको लागि फागुन २८ गतेदेखि १५ दिन (अर्थात चैत १२ गतेसम्म) सेयर दाखिल खारेज (बुक क्लोज) बन्द रहने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार नेप्सेमा मिति २०७३ फागुन २७ गतेसम्म करोबार भई २०७३ चैत ७ गतेसम्म संस्थाको सेयर रजिष्टार ग्लोबल आईएमई क्यापिटलमा प्राप्त सेयर नामसारी लिखितका आधारमा सेयरधनी दर्ता किताबमा कायम सेयरधनीहरुले मात्र चौथो वार्षिक साधारणसभामा भाग लिन पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.