६ वटा वाणिज्य बैंकलाई कारवाही गर्दै राष्ट्र बैंक

  २०७३ फागुन १० गते १७:५२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ वटा वाणिज्य बैंकहरुलाई कारवाही प्रक्रिया बढाएको छ । सिडी रेसियो भन्दा बढि कर्जा लगानी गरेको फेलापरेपछि राष्ट्र बैंकले कारवाही प्रक्रिया अघि बढाएको गभर्नर डा. चिरञ्जीवी नेपालले जानकारी दिए ।

‘सिमा भन्दा बढि कर्जा लगानी गरेका ६ वटा बैंकलाई कारवाही गर्न पत्राचार गरिसकेका छौं, ती बैंकहरुले अनुत्पादक क्षेत्रमा कर्जाको मात्रा धेरै प्रवाह गरेको पनि भेटिएको थियो’, मंगलबार मौद्रिक नीतिको मध्यावधी समिक्षा कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर डा. नेपालले भने ।

उनले बैंक तथा वित्तिय संस्थालाई कारवाही गर्ने कुरा जेल हाल्ने वा जरिवाना तिराउने मात्रै नभएको पनि स्पष्ट पारे ।‘वित्तिय क्षेत्रमा कारवाही भनेको जेल हाल्ने वा जरिवना गराउने मात्रै हुँदैन, हामीले ६ वटा बैंकलाइं कारवाहीका लागि पत्र काटिसकेका छौं’, डा. नेपालले भने ।

बजारमा लगानी योग्य पूँजीको अभाव सुरु भएपछि जथाभावी कर्जा लगानी गरेको आंशकामा राष्ट्र बैंकले अनुसन्धान गरेको थियो । सोक्रममा १३ वटा वाणिज्य बैंकहरुको सुक्ष्म अध्ययन भएको थियो । तीमध्ये ६ वटाले भने जभाभावी रुपमा कर्जा प्रवाह गरेको फेला परेपछि कारवाही प्रक्रिया अघि बढेको हो ।

डा. नेपालले कुन कुन बाणिज्य बैंकहरु कारवाहीको प्रक्रियामा तानिएका हुन भन्नेबारे भने केहि जानकारी दिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.