महिन्द्राको नयाँ शोरुम दोलखाको चरिकोटमा

  २०७३ फागुन १० गते १७:४२     विकासन्युज

काठमाडौं । महिन्द्रा गाडीहरुको आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेड प्रा. लि. ले दोलखा जिल्लाको चरिकोटमा आफ्नो नयाँ शोरुम “कार्की मल्टिमिडिया कन्सर्न” को उद्घाटन गरेको छ । सो उद्घाटन नेपालका लागि महिन्द्रा, इन्डियाका तर्फबाट कन्ट्री म्यानेजर आशिष जोशी तथा उद्योग वाणिज्य संघ, दोलखाका उपाध्यक्ष दिनेश बस्नेतद्वारा भएको थियो ।

ग्राहकहरुका माझ अझ सहज तरिकाले आफ्नो सेवा प्रदान गर्ने उद्देश्य अनुरुप यस नयाँ शोरुमले सेल्स्, सर्भिस तथा स्पेयर पार्ट्स सबै उपलब्ध गराउने भएको छ । महिन्द्राका ट्रयाक्टर, पिक-अप तथा लोकप्रिय यूभी सिरिज लगायत महिन्द्राका अन्य उत्कृष्ट सेवाहरु लिई शोरुम चरिकोटमा प्रस्तुत भएको हो ।

उक्त उद्घाटन कार्यक्रममा बोल्दै अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट् डिरेक्टर-सेल्स्, वरदान बस्नेतले सो नयाँ शोरुमको स्थापनाले ग्राहकहरुलाई महिन्द्राका उत्कृष्ट सेवाहरुको पहुँच झनै सहज हुने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.