रेनोल्ट टेस्ट ड्राइभ बुधबारदेखि शुरु, रेनो कारको आविष्कारिक अनुभव लिने अवसर

  २०७३ फागुन १० गते १६:४९     विकासन्युज

काठमाडौं । नेपालमा रेनोल्टको आधिकारिक वितरक, एडभान्स अटो मोबाईल प्रा लि (विशाल समूहको सहायक) ले फागुन १० गते (मंगलबार) देखि रेनोल्ट टेस्ट ड्राइभ कार्यक्रम आयोजना गरेको छ । कम्पनीले रेनोल्ट कार प्रेमीहरुका लागि देशका विभिन्न शहरहरुमा उक्त कार्यक्रमको आयोजना गरेको छ ।

कम्पनीका अनुसार ग्राहकहरुले कावासोती, चितवन, जितपुर र कसौलीमा यूनाइटेड अटो कन्र्सनमा रेनो कारहरुको आविष्कारिक अनुभव लिन सक्नेछन् । रेनोल्टे टेस्ट ड्राइभ कार्यक्रममा, रेनोल्टे प्रेमीहरुले रेनोल्ट क्विड आफैंले चलाएर परिक्षण गर्न सक्नेछन् । ग्राहकहरुलाई रेनोल्टे ब्राण्डको बारेमा अधिक जानकारी प्रदान गर्न आयोजना गरिएको यस कार्यक्रम यहि फागुन १९ गते समापन हुनेछ ।

कार्यक्रमको अवधिमा ग्राहकहरुले रेनोल्ट क्विडको २५.१७ किलोमीटर प्रति घण्टाको इन्धन खपतको क्षमता, १८० मिलिमीटरको ग्राउण्ड क्लियरेन्स, ७ इन्चको एलसिडी टचइन्फोटेनमेन्ट सिस्टम, तथा रिमोट सेन्ट्रल लकिंग, १६ इन्चको गन मेटलह्विल्स, क्रुजकन्ट्रोल लगायतका अन्य विशेषताहरुको बारेमा जानकारी प्राप्त गर्नेछन् ।
रेनोल्टे टेस्ट ड्राइभ कार्यक्रममा विश्वस्तरिय रेनोल्ट ब्राण्डको अनुभव प्र्राप्त गर्नुका साथै प्रत्येक टेस्ट ड्राइभ ग्राहकहरुले आकर्षक पुरस्कारहरु पनि जित्न सक्नेछन् ।

रेनोल्टले आफ्ना ग्राहकहरुका लागि आगामी दिनहरुमा देशका विभिन्न भागहरुमा यस्तै प्रकारका कार्यक्रमहरु गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.