यूनाइटेड मोदीको १७ लाख २५ हजार कित्ता आइपीओ आउँदै, फागुन १९ गतेदेखि बिक्री खुला

  २०७३ फागुन ९ गते १७:५५     विकासन्युज

काठमाडौं । यूनाइटेड मोदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि १७ लाख २५ हजार कित्ता थप साधारण सेयर(आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आगामी फागुन १९ गतेदेखि एक सय अंकित मूल्य बराबरको १७ करोड २५ लाख रुपैयाँ बराबरको साधारण सेयरको बिक्री खुला गर्ने छ ।

कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको सेयर बिक्री प्रबन्धक एनआईबीएल क्यापिटल, सि.बी.आई.एल क्यापिटल डिल्लीबजार, काठमाडौं क्यापिटल कमलादी, भिबोर क्यापिटल ललितपुर, गोर्खाज फाईनाइन्सका शाखा कार्यालयहरु बाट आवेदन गर्न सक्नेछन् ।

साथै, डिल्लीबजार, बौद्ध, न्यूरोड, सातदोबाटो, सुर्यबिनायक, दमक, धरान, ईटहरी, नारायणगढ र बिर्तामोडबाट पनि इच्छुक लगानीकर्ताले सो मात्राको आईपीओमा आवेदन गर्न सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार इच्छुक लगानीकर्ताले छिटोमा फागुन २३ गतेसम्म र ढिलोमा चैत ३ गतेसम्म आवेदन दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.