निगमको एउटा जहाज कवाडीमा बेचिदैँ, न्युनतम मूल्य १७ करोड रुपैयाँ

  २०७३ फागुन ९ गते ११:३०     विकासन्युज

काठमाडौं । नेपाल वायुसेवा निगमले करिब ३ दशकदेखि उडानमा प्रयोग गरिरहेको १९० सिट क्षमताको बी ७५७ एसीए नामक जहाज कवाडीमा विक्री गर्ने भएको छ ।

निगमले यो जहाज विक्री गर्न न्युनतम १७ करोड रुपैयाँ मूल्य प्रस्ताव गरेको छ । निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारका अनुसार जहाजको मूल्यांकन गरेर बोर्डमा पेश भएकोले आगामी हप्ता १० दिन भित्रकै बोर्ड बैठकले अनुमोदन गरेपछि सार्ववनिक प्रस्ताव माग हुने जानकारी दिए । उनका अनुसार निगमले अन्तर्राष्ट्यि मूल्याकनकर्ता मार्फत जहाजको मूल्यांकन गराएको हो ।

निगमले कवाडीमा बेच्न ठिक्क पारेको यो जहाजलाई अन्तर्राष्ट्रिय मूल्यांकनकर्ता भिकाएर गत कात्तिकदेखि नै मूल्यांकनको काम गरिएको हो । मूल्यांकन कर्ताले दिएको प्रतिवदेनलाई निगमले संचालक समितिबाट स्वीकृत गराउने भएको छ । निगमको यो जहाज सिंगापुर पुगेर विग्रिएको थियो । जहाज मर्मत गर्न अर्बो खर्च गर्नुपर्ने भएपछि निगमले विक्री गर्ने र थप जहाज एयरवसकै खरिद गर्ने निर्णय गरेको हो ।

निगम स्रोतका अनुसार सिंगापुरमा थन्किएको यो जहाजलाई काठमाडौं ल्याएर पनि मूल्यांकन गराउन ह्यागरमै थन्काइएको हो । अहिलेपनि निगमको ह्यागरमा नै यो जहाज छ । अब यहीबाट जहाज विक्री हुन्छ । निगमले दिएको जानकारी अनुसार यो जहाज कुनै  विदेशी कम्पनी किनेकाे अवस्थामा उडाएरै लान पुग्ने गरी उडान मात्रै पुग्ने मात्रै यसमा उडान अावर बाँकी छ ।

निगमले उडानमा प्रयोग गरिरहेको यो जहज अमेरिकालने सन् २००४ पछि यो सिरिजको बोइङ उत्पादन बन्द गरिसकेको छ । यही प्रकृतिको जहाज अहिले खरिद गर्ने हो भने कम्तिमा पाँच ६ अर्ब खर्च हुने पनि निगमको भनाइ छ । जहाज नयाँ उत्पादन नभएकोले बजार भाउ अनुसार नभएर यसको हरेक बडि र अन्य उपयोगि सामानका आधारमा मूल्यांकन भएको उल्लेख छ ।

सिंगापुरबाट ल्याउँदै यो जहाजको ७० देखि ८० घण्टा मात्रै इन्जिनको उडान आवर बाँकी रहेकोले काठमाडौंसम्म मात्रै ल्याएर राखिएको हो । यो जहाजको दुईवटै इन्जिनको आयु करीब सकिएको र ओभरहल गर्नुपर्ने बेला भएको छ ।

महत्वपूर्ण पाट अर्को जहाजमा
यो जहाजको काम लाग्ने र महत्वपूर्ण पार्ट तथा अतिरिक्त पाटपूर्जालाई निगमकै अर्को जहाज एसीबीमा जडान गरिएको निगमले जानकारी दिएको छ । निगमसँग १९० सिट क्षमताका दुई जहाज मध्ये एउटा भने उडानमै रहेको छ ।

अर्को जहाज पनि एकडेढ वर्ष उडार विक्री गर्ने घोषणा निगमले गरिसकेको छ । निगमले अब एयरवको जहजा मात्रै चलाउने भएको छ । निगमका लागि अब २ वटा एयरवकै वाइडवडि आउँदै छ भने २ वटा एयरवसकै न्यारोवडि उडानमा रहेको छ ।

जहाज २३ लाख डलरमा खरिद 
निगमले तत्कालिन समय अर्थात विसं २०४४ सालमा करीब २३ लाख अमेरिकी डलरमा यो जहाज खरिद गरेको थियो । अहिलेको बजार भाउन अनुसार सोही प्रकृतिको जहाज भनेको एयरवसको न्याराेवडि वा अलि ठूला क्षमता खोज्ने हो भने वाइबडि नै हो । न्यारोवडिको निगमले २ वर्ष अगाडि मात्रै १० अर्बमा किनेको हो ।

अहिले यो जहाज संसरभबाट नै नयाँ विक्री हुँदैन भने पुरोनो मर्मत गर्ने र यसका पाटपूर्जा अर्को जहाजमा प्रयोग गरेर भने उडान गर्न मिल्छ ।निगमले वोइङ जहाज विगत २९ वर्षदेखि नियमित रूपमा अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.