सिन्धुलीको बेनिघाटमा सुख्खा पहिरो, यातायात ठप्प

  २०७३ फागुन ९ गते १०:०२     विकासन्युज

बेनिघाट । सिन्धुलीको बेनिघाटमा सुख्खा पहिरो जाँदा विपी राजमार्ग अवरुद्ध भएको छ । आइतबार राती करिव ११ बजे पहिलो गएपछि उक्त सडक खण्डमा सवारी साधन चल्न सकेको छैन ।

बेनिघाट नजिक करिव ३० मिटर सडक सुनकोशीमा खसेको छ । पहिरो गएपछि हिजो रातीदेखि नै सवारी यातायात बन्द भएको छ । सोमबार पनि सडक खुल्ने सम्भावना नभएको ट्राफिकका सइ आदर्श अधिकारीले विकासन्युजलाई बताए ।

महोत्तरीको बर्दिबासदेखि काठमाडौं जोड्ने यो राजमार्ग भत्कदा महोत्तरी, धनुषा, सिन्धुली, काभ्रे हुँदै काठमाडौंसम्मको जनजीवन प्रभावित हुन्छ । जापान सरकारले २० वर्ष लगाएर बनाएको यो राजमार्ग दुई वर्षअघि मात्र सञ्चालमा आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.