क्यापिटल मर्चेन्ट फाइनान्सको साढे ७ करोडभन्दा बढी ठग्ने मदन कार्की पक्राउ

  २०७३ फागुन ८ गते १९:४०     विकासन्युज

काठमाडौं । क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स कम्पनीलाई ठगी गरी भाग्दै अाएका मदनबहादुर कार्कीलार्इ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।प् रहरीले काठमाडौं बुढानिलकण्ठ नगरपालिका–५ बस्ने मदनबहादुर कार्कीलाई आइतबार बुढानिलकण्ठबाट पक्राउ गरेको हो ।

कार्की समेत भएको बैकिङ्ग कसूर मुद्दामा पुनरावेदन अदालत पाटनको २०७१ बैशाख २९ गतेको फैसलाले कार्कीलाई ७ करोड ६४ लाख ३ हजार २ सय ४४ रुपैयाँ ८७ पैसा जरीवाना र ३ बर्ष कैद हुने ठहर भएकोमा कार्की फरार रहेका थिए ।

कार्कीलाई फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाईएको छ प्रहरीले जानकारी दिएको छ ।

२०६६ असार ३० गते प्रतिबादी कार्कीले आफ्नो कमसल जग्गाको अत्यधिक मुल्याङ्कन गराई धितो राखी झुठा परियोजना बनाई सो परियोजनाको लागि क्यापिटलबाट उक्त फाइनान्स कम्पनीका पदाधिकारी समेतको मिलोमतोमा प्राप्त गरेको कर्जा दुरुपयोग गरेका थिए ।

यस बाहेक हालसम्ममा उक्त ब्यूरोले क्यापिटल मर्चेन्टलाई ठगी गर्ने अरुण कुमार मराठालाई २०७२ जेठ १४ गते, नवराज खत्रीलाई २०७२ जेठ १९ गते, तुलसाकुमारी धमलालाई २०७२ साउन १७ गते, भाइकृष्ण खड्कालाई २०७२ असोज २ गते र किरणकेशर नेपाललाई २०७३ माघ २४ गते फैसला कार्यान्वयनको लागि पक्राउ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.