यती डेभलपमेण्ट बैंकले शुरु गर्यो अन्तर बैंक विद्युतीय भुक्तानी सेवा

  २०७३ फागुन ८ गते १८:२३     विकासन्युज

काठमाडौं । यती डेभलपमेण्ट बैंकले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसिएचएल( आइपिएस)सँग अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली सेवा शुरु गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई आधुनिक बैकिङ्ग सुबिधा उपलब्ध गराउदैं लैजाने उद्देश्यले आइतबारदेखि सो सेवाको शुरु वात गरेको हो ।

एनसिएचएल( आइपिएस प्रणालीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने जस्ता कारोबारहरु पूर्ण रुपमा संचालन गरिने बैंकले जनाएको छ ।

उक्त सेवा अन्तर्गत ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, आइपीओ रिफन्ड, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन/तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा बैंकले ग्राहकहरुलाई उपलब्ध गराउने छ । आगामी दिनहरुमा पनि ग्राहकहरुलाई समय सापेक्ष आधुनिक बैंकिङ्ग सेवाहरु उपलब्ध गराउदैँ जानेमा बैंक प्रतिबद्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.