सानिमा बैंकद्धारा क्रिकेटर सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तान्तरण

  २०७३ फागुन ८ गते १८:१५     विकासन्युज

काठमाडौं । सानिमा बैंक लिमिटेडद्वारा प्रायोजित नेपाली राष्ट्रिय टिमका खेलाडी तथा अन्डर-१९ क्रिकेटका कप्तान सन्दिप लामिछानेलाई क्रिकेट किट हस्तान्तरण गरिएको छ । आइतबार एक समारोहका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले लामिछानेलाई उक्त क्रिकेट किट हस्तान्तरण गरेका हुन् ।

सानिमा बैंकद्वारा दुई वर्षका लागी प्रायोजन गर्ने सम्झौता भए अनुरुप बैंकले सन्दिप लामिछानेलाई मासिक रुपमा प्रायोजीत रकम प्रदान गरी खेल जीवनमा अभ्यस्त रहन प्रेरित गर्दै आएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत दाहालले सम्पूर्ण सानिमा परिवारले लामिछानेलाई प्रायोजन गर्न पाएकोमा खुसी भएको र सानिमाबाट प्रेरित भई अन्य संस्थाहरुले पनि खेलाडीहरुलाई सहयोग गरी नेपालमा व्यवसायिक खेलकुदको विकासमा सहयोग गर्ने आशा व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.