मिसन डेभलपमेन्ट बैंकलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्डको अनुमति

  २०७३ फागुन ८ गते १७:४०     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले मिसन डेभलपमेन्ट बैंक लिमिटेडलाई हकप्रद निष्कासनको लागि अनुमति दिएको छ । धितोपत्र बोर्डमा निवेदन बुझाएपछि कम्पनीले १ः१ अर्थात् शतप्रतिशत(१००) प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति पाएको हो ।

कम्पनीले १९ लाख ४९ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँका दरले १९ करोड ४९ लाख रुपैयाँ बराबरको हकप्रद जारी गर्ने भएको छ । कम्पनीले बिक्री प्रबन्धकमा भिवोर क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

हाल बैंकको चुक्ता पूँजी १९ करोड ४९ लाख रुपैयाँ रहेको छ । १०० प्रतिशत बोनस पश्चात बैंकको चुक्ता पूँजी ३८ करोड ९८ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय बैंकको सेयर प्रतिकित्ता ४७२ रुपैयाँमा किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.