सिजी ब्राण्डका आकर्षक एर कुलर र फ्यानहरु नेपाली बजारमा

  २०७३ फागुन ८ गते १७:१०     विकासन्युज

काठमाडौं । सिजी ब्राण्डले आउँदो गर्मी मौसमलाई मध्यनजर गरी घरायसी तथा कार्यालय प्रयोजनको लागि विभिन्न किसिमका आकर्षक एर कुलर र फ्यानहरु नेपाली बजारमा उपलब्ध गराएको छ । कम्पनीका अनुसार सिजी ब्राण्डको एर कुलर र फ्यानहरु विभिन्न आकर्षक मोडल र उच्च विशेषताहरुले भरिपूर्ण रहेका छन् ।

एर कुलर अन्तर्गत चार वटा मोडलहरु रहेका छन् जसलाई डिजट र पर्सनल कुलरमा विभाजन गरिएको छ । यी दुई कुलरमा आइस च्याम्बर, पावरफुल मोटर र स्ट्रअङ फ्यान जस्ता मूख्य विशेषताहरु रहेका कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकहरुको मागअनुसार यो विभिन्न क्षमताहरुमा पनि उपलब्ध गराएको छ । त्यस्तै, फ्यानमा सिलिङ फ्यान, स्ट्याण्ड फ्यान, वाल फ्यान र टेबल फ्यानहरु बजारमा उपलब्ध रहेका छन् । ती मध्ये सिलिङ् फ्यान अन्तर्गत १२ वटा १२ वटा मोडलहरु विभिन्न आकार (४८”, ३६” र २४”)मा डेकोरेटिभ मोडल र हाइ स्पीड पनि रहेका छन् । त्यस्तै, टेबल फ्यान अन्तर्गत रिमोट र नन् रिमोट दुबै मोडलहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.