नेप्से २५ अंकले उकालो लाग्दा ६६ करोडको कारोबार, दुई समूह बाहेक सबै समूह हरिया

  २०७३ फागुन ८ गते १५:२५     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजारमा नेप्से परिसूचक २५ दशमलब ५० अंकले बढेर १३६९ दशमलब ३५ अंकमा पुगेको छ । सो दिन १४४ कम्पनीको २० लाख ७७ हजार कित्ता सेयर ६६ करोड ६५ लाख रुपैयाँ बराबरमा कारोबार भएको छ ।

बजारमा ११ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । सो दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ सय ४२० रुपैयाँ रहेको छ । बजारमा सबैभन्दा बढी दिब्याश्वरी हाइड्रो पावरको सेयर मूल्य करिब १० प्रतिशतले घटेको छ ।

आइतबार कारोबार भएका होटल र उत्पादनमूलक समूहको परिसूचक बाहेक बाँकी समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक २९५ अंकले उकालो लागेको छ । होटल र उत्पादनमूलक समूहको परिसूचक क्रमशः १९ र ३ अंकले ओरालो लागेको छन् ।

सो दिन बैंक अफ काठमाण्डू र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ । त्यस्तै, प्रभु बैंक र शिखर इन्स्योरेन्स कम्पनीको २ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.