नेपाल बंगलादेश बैंकको नयाँ लोगो सार्वजनिक

  २०७३ फागुन ८ गते १४:१६     विकासन्युज

काठमाडौं । नेपाल बंगलादेश बैंक लिमिटेडले आफ्नो संस्थागत नयाँ लोगो सार्वजनिक गरेको छ । शुक्रबार दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रमकाबीच बैंक संचालक समितिका अध्यक्ष जलाल अहमदले नयाँ लोगो संगै बैंक नयाँ चरणमा प्रवेश गरेको बताएका छन् ।

बैंकले आफ्नो लोगोलाई थप केही परिमार्जन गरि अझ बढि जिवन्त बनाई हरेक कदममा अगाडि बढ्ने प्रतिवद्धता झल्किने खालको रंग र आकारमा नयाँ लोगोलाई प्रस्तुत गरिएको जनाएको छ । नयाँ लोगोमा रातो र हरियो रंगको प्रयोग गरिएको छ । बैंकले उक्त लोगोमा प्रयोग भएको रातो रंगलाई हार्दिकता,

परिपक्कता, निर्भिकता, उत्साह र उर्जाको समिश्रणको रुपमा लिएको तथा हरियो रंगलाई विश्वासनीयता, सृजनशिलता, गतिशिलता, प्रगतिको समिश्रणको रुपमा लिएको जनाएको छ ।

भविष्यमा बैंकले आफ्ना ग्राहकवर्ग तथा समग्र समाजमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल हुने प्रतिवद्धता जनाउनको लागि नयाँ लागोले सहयोग गर्ने विश्वास लिएको छ । उक्त नयाँ लागोले बैंकको पहिचानमा थप मद्दत पुग्ने तथा बैंक, वित्तिय संस्थाहरुको भिडभाडमा पनि आफ्नो बजारीकरणलाई अझ टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार बैंकको कुल चुक्ता पूँजी रु. ४ अर्ब ०१ करोड रुपैयाँ र निक्षेप ४१ अर्ब ०३ करोड रुपैयाँ रहेको छ । साथै, सोही अवधिको खुद नाफा ५४ करोड ०६ लाख रुपैयाँ रहेको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले हाल ४३ शाखा, ७ शाखारहित सेवा, २ एक्सटेन्सन काउन्टर तथा ३९ वटा एटिएम बाट आफ्नो सेवा उपलब्ध गराई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.