हिम इलेक्ट्रोनिक्स्ले बजारमा ल्यायो ग्यालेन्ज एसि, चार मोडलहरुमा उपलब्ध

  २०७३ फागुन ६ गते १८:२१     विकासन्युज

काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले एयर कन्डिस्नरको नयाँ किफायती मोडल “ग्यालेन्ज” बजारमा ल्याएको छ । ग्यालेन्ज एसि अझ प्रभावशाली हुनुका साथै यसमा सुपर कुलिङ, एयर क्लिनिङ तथा एनर्जि सेभिङ जस्ता विशेषता छन् । ग्यालेन्ज एसिमा प्रयोग हुने जापानी कम्प्रेसरले थोरै विद्युत खपत गरी ध्वनी पनि कम राख्दछ । हालै यसका चार मोडलहरु बजारमा ल्याइएका छन्। यी एसिहरु १२ महिने वारेन्टीका साथ उपलब्ध छन् ।

ग्योलेन्ज ग्रुप एक विश्वस्तरीय विद्युतीय सामाग्री ब्राण्ड हो । ग्यालेन्ज सधैँ विकास रणनीतिका लागि परिश्रम र परिवर्तनमा जोर दिँदै अर्थनीतिमा ध्यान पुर्याई घरायसी विद्युतीय सामाग्री उत्पादनमा केन्द्रित छ । हिम इलेक्ट्रोनिक्स गोल्छा सङ्गठनको एक महत्वपूर्ण अंग हो । उपभोक्तामाझ एक विश्वासिलो नामको रुपमा रहन सफल हिम इलेक्ट्रोनिक्स सामसङ, हिमस्टार, बजाज इलेक्ट्रोनिक्स, टाइमेक्स, अहुजा, ओस्राम र हालै ग्यालेन्जजस्ता उत्पादनको आधिकारिक वितरक पनि हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.