एनसीसी बैंकको सेयर कारोबार कहिले खुल्छ ?

  २०७३ फागुन ६ गते १७:०४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बैंक तथा वित्तिय संस्था मर्ज भएर एकिकृत कारोबार सुरु लगत्तै सेयर कारोबार खुल्ला गर्न निर्देशन दिएको थियो । तत्कालै सेयर कारोबार खुल्ला गर्न नसके पनि अधिकतम १५ दिनभित्रै सेयर कारोबार खुलाउनु पर्ने भनेको थियो ।

तर एनसीसी बैंकले एकिकृत कारोबार सुरु गरेको एक महिना भन्दा बढि समय भैसक्दा पनि सेयर कारोबार खुल्ला गरेको छैन् । एनसीसी बैंकले मर्जरपछि पुस १७ देखि एकिकृत कारोबार आरम्भ गरेको थियो ।

एनसीसी बैंकको सेयर कारोबार कहिले खुल्छ भन्ने प्रश्नको जवाफमा बैंकको उच्च श्रोतले भन्यो-‘हामी अन्तिम तयारीमा जुटेका छौं, फागुन १५ गतेभित्रै सेयर कारोबार खुल्छ ।’एनसीसीमा इन्टरनेशनल डेभलपमेन्ट बैंक, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंक, सुप्रिम डेभलपमेन्ट बैंक र एपेक्स डेभलपमेन्ट बैंक मर्ज भएका थिए ।

मेगा(धेरै संस्था) मर्ज भएकाले पनि सेयर कारोबार खुल्ला गर्न समय लागेको बैंकको उच्च व्यवस्थापन श्रोतले बतायो । ‘हाम्रै मात्रै थियो भने सेयर कारोबार खुल्ला गर्नु कुनै असहज कुरा थिएन तर हामी धेरै संस्था मर्ज गरेर अघि बढेका छौं, ८६ हजार त सेयरधनी छन, यसको मिलान सहज थिएन’, श्रोतले भन्यो । बैंकले फागुन १२ देखि १५ गतेको बिचमा सेयर कारोबार खुल्ला गर्ने गरि तयारी गरिरहेको हो ।

उता, नेपाल धितोेपत्र बोर्डका प्रवक्ता निरज गिरिले चाडोँ सेयर कारोबार खुलाउन निर्देशन दिईसकेको बताए । ‘उनीहरुले सेयर कारोबार खुलाउने तयारी गरिरहेको बताएका थिए, हामीले चाँडै गर्नुस भनेर निर्देशन दिईसकेका छौं’, धितोपत्र बोर्डका प्रवक्ता गिरिले विकासन्युजसँग भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.