आशा लघुवित्तको थप दुई शाखा रुपन्देही र कपिलबस्तु जिल्लामा

  २०७३ फागुन ६ गते १६:३७     विकासन्युज

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले एकै पटक आफ्नो २ वटा शाखा कार्यालयको स्थापना गरेको छ । बैंकले रुपन्देहीको सेमरा र अर्को कपिलबस्तुको बनगाईमा गरि दुई शाखा कार्यालय स्थापना गरेको बैंकले जनाएको छ ।

रुपन्देही शाखाको उदघाटन बैंक संचालक शंकरप्रसाद कालीकोटाले र कपिलबस्तु शाखाको उद्घाटन बैंकका संचालक खगेन्द्र भट्टचनले गरेका छन् । सो कार्यक्रमहरुमा संचालक निर्गुण प्रसाद भट्टचन, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि, प्रहरी, शिक्षक, समाजसेवी, स्थानिय, संस्थाका महिला सदस्यहरुको उपस्थिती रहेको थियो ।

यस राष्ट्रिय स्तरको वित्तिय संस्थाले न्यून आय भएका तथा विपन्न वर्गका महिलाहरुलाई व्यवसाय सञ्चालन गर्न लघुवित्त सेवा उपलब्ध गराउने जनाएको छ । साथै सदस्यहरुलाई उद्यमशिल बनाई उनीहरुको सामाजिक तथा आर्थिक स्तर बृद्धि गर्नको लागी यो संस्थाले रुपन्देही र कपिलबस्तु जिल्लाहरुमा शाखाकार्यालयहरु खोलेको बैंकले जनाएको छ । साथै संस्थाको धादिङ्ग, सुनसरी तथा अन्य स्थानहरुमा पनि छिटै शाखाहरु विस्तार गर्ने योजना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.