नेपाल भित्रिने रेमिटेन्सको वृद्धिदर घट्यो, अर्थतन्त्रलाई ठुलो चुनौती

  २०७३ फागुन ६ गते १६:१५     विकासन्युज

काठमाडौं । नेपाल भित्रिने रेमिटेन्सको वृद्धिदर खुम्चिएको छ । चालु आर्थिक बर्षको पुस मसान्तसम्ममा नेपाल भित्रिने रेमिटेन्स वृद्धिदर ५ दशमलब ७ प्रतिशतमा खुम्चिएको हो । पुस मसान्तसम्ममा ३४२ अर्ब २३ करोड रेमिटेन्स नेपाल भित्रिएको छ । अघिल्लो आवको सोही अवधीमा रेमिटेन्स वृद्धिदर १७ दशमलब ३ प्रतिशतले बढेको थियो ।

रेमिटेन्स आगमनको वृद्धिदर खुम्चिएपछि अर्थतन्त्रमै धक्का लाग्ने आंकलन गर्न थालिएको छ । पुस मसान्तसम्ममा खुद ट्रान्सफर आय पनि ५ दशमलब ६ प्रतिशतले वृद्धि भई ३९९ अर्ब ९८ करोड मात्रै पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २० दशमलब ५ प्रतिशतले बढेको थियो ।

वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकहरुको संख्यामा कमी आएको रेमिटेन्स आगमनको वृद्धिदर घटेको हो ।
अन्तिम श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या आर्थिक वर्ष २०७३/७४ को छ महिनामा गत वर्षको सोही अवधिको तुलनामा ९ दशमलब ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २२ दशमलब ५ प्रतिशतले घटेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.