महिन्द्राद्वारा ‘नेपाल एग्रिटेक, २०१७’ मा कृषि समाधानहरुको रेन्जको प्रदर्शनी

  २०७३ फागुन ६ गते १३:४६     विकासन्युज

काठमाडौं । महिन्द्रा ग्रुपअन्तर्गत महिन्द्राको एण्ड महिन्द्राका लागि नेपालको लागिआधिकारीक विक्रेता अग्नि ग्रुपले शुक्रबार काठमाडौंमा भएको नेपालको पहिलो “नेपाल एग्रीटेक, २०१७” मा आफ्नो सम्पूर्ण कृषि समाधानहरुको रेन्जलाई प्रदर्शनीमा राखेको छ ।


उक्त प्रदर्शनीमा महिन्द्रा ट्रयाक्टरहरु अन्तर्गत अर्जुन नोभो ६०५ डि.आई. फोरडब्लुडी र युभो ५७५ डि.आई. रहेका थिए भने स्वराज ट्रयाक्टरहरु मध्ये स्वराज ८५५ र ९६०एफ.ई. राखिएका थिए । त्यसैगरी, एप्लिट्रयाक अन्तर्गत रोटेभेटरका साथै अर्थमास्टर एस.एक्स्. फोरडब्लुडी पनि प्रदर्शनीमा थिए ।

नेपालका कृषकहरुको जीवनमा सकारात्मक प्रभाव पार्न कृषि प्राविधिमा समृद्धिको लक्ष्य सहित महिन्द्राले उक्त कार्यक्रममा आफ्नो स्टेज मार्फत एउटा “एग्रीजोन” को संरचना गरेको थियो । उक्त एग्रीजोनले प्राविधिक रुपमा उन्नत महिन्द्रा नोभो तथा युभो ट्रयाक्टरहरु, एप्लिट्रयाक इम्प्लीमेन्ट्स् र स्वराज ट्रयाक्टरहरु सँगै चाँडै अनावरण गर्न लागिएको महिन्द्राको उपयुक्त कृषि परामर्श तथा कृषि-अर्थशास्त्र सेवा प्रदान गर्ने फ्ल्याग् शिप पहल“समृद्धि सेन्टर” पनि प्रस्तुत गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.