१२ वटा बाणिज्य बैंकले बढाए प्रति सेयर आम्दानी, १४ वटाले घटाए

  २०७३ फागुन ५ गते १८:२३     नारायण पौडेल

काठमाडौं । पुस मसान्तसम्ममा १२ वटा बाणिज्य बैंकहरुले प्रति सेयर आम्दानी बढाएका छन् । त्यस्तै १४ वटै बाणिज्य बैंकहरुको प्रति सेयर आम्दानी घटेको छ । ठुला बैंकका रुपमा रहेका स्ट्याण्डर्ड चार्टर्ड बैंक, नबिल बैंक र एभरेष्ट बैंक भने प्रति सेयर आम्दानी बढाउन असफल भएका छन् ।

सबै भन्दा धेरै ५८ रुपैंयाँ ३१ पैसा प्रति सेयर आम्दानी नेपाल बैंकले गरेको छ । दोश्रो स्थानमा रहेको नबिल बैंकले ५६ रुपैंयाँ ८९ पैसा प्रति सेयर आम्दानी गरेको छ । यद्यपी यो आम्दानी गत आवको पुस मसान्तको भन्दा कम हो । सो अवधीमा नविलको प्रति सेयर आम्दानी ५७ रुपैंयाँ ५० पैसा थियो । त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रति सेयर आम्दानी पनि ५४ रुपैंयाँ ४५ पैसाबाट ३९ रुपैंयाँ ४८ पैसामा झरेको छ ।

एभरेष्ट बैंकको पनि ५७ रुपैंयाँ ४८ पैसाबाट घटेर ४२ रुपैंयाँ ९३ पैसामा झरेको छ ।उता, ग्लोबल आइएमई बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, हिमालयन बैंक, एनएमबी बैंक लगायतले भने प्रति सेयर बढाएका छन् ।

यी हुन प्रति सेयर आम्दानी बढाउन असफल बैंक
नविल, स्ट्याडर्ड चार्टर्ड, एभरेष्ट, प्रभु, सानिमा, सिद्धार्थ, सिटिजन्स, एनसीसी, सिभिल, सेञ्चुरी, नेपाल एसबिआई, हिमालयन र एनआइसी एसिया, प्राइम कमर्सियल बैंक

यी हुन प्रति सेयर आम्दानी बढाउने बैंक
नेपाल इन्भेष्टमेन्ट, ग्लोबल आइएमई, कुमारी, माछापुछ्रे, मेगा, जनता, कृषि विकास बैंक, नेपाल बैंक, लक्ष्मी बैंक, एनएमबी, सनराईज र नेपाल बंगलादेश बैंक

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.