सिद्धार्थ इन्स्योरेन्सको दुई नयाँ शाखा चावहिल र सामाखुसीमा सञ्चालन

  २०७३ फागुन ५ गते १२:०५     विकासन्युज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले आफ्नो दुई नयाँ शाखा काठमाडौंको चावहिल र सामाखुसीमा सञ्चालन गरेको छ । बुधबार बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाई तथा सिद्धार्थ ईन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले उक्त दुई शाखाको उद्घाटन गरेका छन् ।

सो उद्घाटन समारोहमा प्रमुख अतिथि चिरञ्जीवी चापागाईले शाखा कार्यालयको सफल सञ्चालनको लागि शुभकामना दिदै कम्पनीको हरेक सुचकाङ्कहरु सकारात्मक रहेकोे बताएका छन् । सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले उद्घाटन समारोह सफल भएकोमा प्रमुख अतिथि लगायत सबैलाई धन्यवाद दिएका छन् ।

हालसम्म कम्पनीको २९ वटा शाखा सञ्जाल सञ्चालनमा रहेका छन् । साथै, कम्पनीले यस आर्थिक वर्षमा ४० वटा शाखा पुर्याउने लक्ष्य राखेको कम्पनीका का.मु. महाप्रवन्धक वीरेन्द्र वैदवार क्षेत्रीले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.