बैंक अफ काठमाण्डूबाट ‘लुम्बिनी’ हट्ने, २३ प्रतिशत बोनस सेयर र ६२ लाख कित्ता एफपीओ आउँदै

  २०७३ फागुन ५ गते १०:२१     विकासन्युज

काठमाडौं । बैंक अफ काठमाण्डू लुम्बिनी लिमिटेडको नाम परिवर्तन गरी बैंक अफ काठमाण्डू लिमिटेड बनाइने भएको छ । नाम परिवर्तन गर्ने प्रस्ताव बैंक सञ्चालक समितिले आगामी चैत ३ गते गर्न लागेको साधारणसभामा लैजादैछ ।

बैंक अफ काडमाण्डू र लुम्बिनी बैंक मर्ज भई बैंक अफ काठमाण्डू लुम्बिनी बनेको थियो । मर्ज गर्दा नाम परिवर्तन गर्न राष्ट्र बैंकले राखेको सर्तअनुसार नयाँ नामको रुपमा बैंक अफ काठमाण्डू प्रस्ताव गरिएको बैंकले जनाएको छ ।

बैंकले आगामी साधारणसभामा २३ प्रतिशत बोनस सेयर प्रस्ताव गर्दैछ । बोनस सेयरको लागि फागुन १५ देखि चैत ३ गतेसम्म बुक क्लोज हुनेछ ।

त्यस्तै, बैंकले ६२ लाख ८ हजार १३२ कित्ता नयाँ सेयर प्रिमियम मूल्यमा निष्काशन गर्ने प्रस्ताब ल्याएको छ । बैंकले निष्काशन गर्न लागेको एफपीओ प्रमोटर सेयर हो ।

बैंकमा प्रमोटर सेयर ५१ प्रतिशत हुनुपर्ने राष्ट्र बैंकको नियम पालना गर्न थप प्रमोटर सेयर निष्काशन गर्न लागेको बैंकले जनाएको छ । साथै, आगामी साधारणसभाबाट पब्लिक र प्रमोटरबाट ४/४  जना गरी ८ जना सञ्चालक समिति चयन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.