स्ट्याण्डर्ड चाटर्ड बैंकलाई एफपीओ निष्कासन गर्न बोर्डको अनुमति, प्रतिकित्ता मूल्य १२९० रुपैयाँ

  २०७३ फागुन २ गते १८:१४     विकासन्युज

काठमाडौं, १४ पुस । स्ट्याण्डर्ड चाटर्ड बैंक नेपाललाई फरदर पब्लिक इस्यु (एफपिओ) निष्कासनका लागि नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । कम्पनीले सोमबार २५ लाख ५८ हजार १४० कित्ता एफपिओ निष्कासन गर्न अनुमति पाएको छ ।

कम्पनीले प्रिमियम मूल्यसहित प्रतिकित्ता १ हजार २ सय ४० रुपैयाँमा एफपिओ निष्कासन गर्ने भएको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता १८७० रुपैयाँ रहेको छ ।

बैंकले गत माघ १२ गते एफपीओ निष्कासनको लागि बोर्डसँग अनुमति मागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.