चैत २५ देखि घर जग्गा मेला, होम लोन कटौती नगर्न आग्रह

  २०७३ फागुन २ गते १७:२५     विकासन्युज

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास संघले चैत २५ गतेदेखि २८ गतेसम्म छैठौं घर जग्गा मेला आयोजना गर्ने भएको छ । संघले सोमबार राजधानीमा पत्रकार सम्मेलन गरेर राजधानीको भृकुटीमण्डपमा आयोजना हुने घरजग्गा मेलामा १२० वटा स्टल रहने जानकारी दिएको हो ।

मेलामा रियल स्टेट क्षेत्रका पछिल्ला अपार्टमेन्ट, आवास तथा जग्गा विकास आयोजनाका बारेमा जानकारी उपलब्ध गराउने मेलाका संयोजक विपिन चित्रकारले जानकारी दिए । पत्रकार सम्मेलनमा संघका अध्यक्ष इच्छाराज तामाङले होम लोनमा कटौती नगर्न राष्ट्र बैंक तथा वित्तिय संस्थाहरुलाई आग्रह गरे ।‘हामीलाई प्रोजेक्ट फाइनान्सिङ नगर्नुस तर जनतालाई घर बनाउन होम लोन दिनुस, जनतालाई एउटा कार वा मोटरसाइकल किन्न ऋण दिनुस’, अध्यक्ष तामाङले भने ।

उनले घरजग्गामा गरिएको लगानीलाई अनुत्पादक देख्ने नेपाली दृष्टिमै दोष रहेको धारणा पनि राखे । उनले भारतमै पनि रियल स्टेट क्षेत्रको कर्जा लगानीलाई अनुत्पादक भन्ने व्यवस्था नरहेको जानकारी पनि दिएका थिए । अध्यक्ष तामाङले रियलस्टेट क्षेत्रका कारण वर्तमान तरलताको अवस्था नआएको दावी पनि गरे । अधिकतम २५ प्रतिशतसम्म कर्जा लगानी गर्न पाउने व्यवस्था रहेको र हालसम्म जम्मा १५ दशमबल ६७ प्रतिशत मात्रै ऋण प्रवाह भएको पनि उनले जानकारी दिए ।

बैंक तथा वित्तिय संस्थाहरुले एकै पटक ठुलो मात्रामा पूँजी वृद्धि गर्नु परेकाले पनि तरलताको अवस्था आएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.