सेयर बजारमा तीव्र उतारचढाव, परिसूचक २६ अंकले उक्लियो, ५० करोडको सेयर कारोबार

  २०७३ फागुन २ गते १५:१९     विकासन्युज

काठमाडौं । सोमबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । २ बजेसम्मकोे कारोबारमा निरन्तर ओरालो लागिरहेको परिसूचक त्यसपछिको कारोबारमा भने दोहोरो अंकले उकालो लागेको छ । सोही दिन करिब ३२ अंकले घटिरहेको परिसूचक बजार बन्द हुँदा भने २६ दशमलब ४८ अंकले बढेको छ । नेप्से दोहोरो अंकले बढेर १२७८ दशमलब ९८ अंकमा पुगेको छ ।

आइतबारको तुलनामा कारोबार रकममा सामान्य वृद्धि भएको छ । आतबार ४९ करोडको कारोबार भएको बजारमा सोमबार ५० करोडको सेयर कारोबार भएको छ । सो दिन १३८ कम्पनीको १३ लाख कित्ता सेयर किनबेच भएको हो ।

बजारमा सबैभन्दा बढी स्वावलम्बन विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सो दिन बैंकको सेयर मूल्य प्रतिकित्ता १०८९ रुपैयाँ रहेको छ । त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, यूनाइटेड इन्स्योरेन्स कम्पनी(नेपाल) र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ ।

सो दिन बीमा समूहको परिसूचक १९२ अंकले उकालो लागेको छ । त्यस्तै, हाइड्रोपावर, बैंकिङ् र अन्य समूहको परिसूचक क्रमशः ३३, ३० र १५ अंकले उकालो लागेका छन् । सबैभन्दा बढी होटल समूहको परिसूचक १४ अंकले ओरालो लागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.