जनता बैंक नेपालको १२ प्रतिशत लाभांश पास, त्रिवेणी बिकास बैकसँग मर्जमा जाने

  २०७३ फागुन २ गते १४:५३     विकासन्युज

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको सञ्चालक समितिले प्रस्ताव गरेको १२ दशमलब ६३ प्रतिशत लाभांश पारित भएको छ । बैंकले सेयरधनीहरुलाई रकमका आधारमा २६ करोड २ लाख रुपैयाँ बराबरको लाभांश दिने प्रस्ताव गरेको थियो ।

उक्त बैंकको प्रस्तावलाई आइतबार सम्पन्न बैंकको सातौं वार्षिक साधारणसभाले पास गरेको हो । साथै,सभाले बैंकको सञ्चालक समितिको सातौं बार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहित मिति २०७३ आषाढ मसान्तको वासलात तथा आर्थिक बर्ष २०७२/०७३ को नाफा नोक्सानहिसाब र सोही अवधिको नाफा- नोक्सान बाँडफाँड तथा नगद प्रवाह विवरण लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गरेको छ ।

त्यस्तै, साधारण सभाले जनता बैक नेपाल लिमिटेडमा त्रिवेणी बिकास बैक लिमिटेडलाई गाभ्ने (मर्जर)प्रस्ताव समेत सर्वसम्मतिबाट पारित गरेको छ । साथै, मर्जर पश्चात कायम हुन आउने बैंकको चुक्ता पूँजीको ६० प्रतिशत (अर्थात १०कित्ता शेयर बराबर ६कित्ता) हकप्रद शेयर जारी गरी गर्ने भएको छ ।

सभाले आर्थिक वर्ष २०७३/७४को बैंकको हरहिसाबको लेखापरीक्षण गर्नको लागिबेकर टिलि देव एसोसियट्स, चार्टर्ड एकाउन्टेन्ट्स (सि.ए. उमेश ढकाल, पार्टनर) लाई पुनःनियुक्त गरेको छ ।

बैंकले यही माघ मसान्त सम्ममा २६ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरी २३ अर्ब ४७ करोड कर्जा परिचालन गरेको छ । सोही अवधिमा बैंकले १९करोड ४ लाख खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

हाल बैंकले ४१ वटा शाखाहरु, ३३ वटा ए.टि.एम., १९ वटा शाखारहित बैंकिङ इकाइ, ईन्टरनेट तथा मोवाईल बैंकिङ्गमार्फत ग्राहकवर्गहरुलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.